गेजिङ, १ सेप्टेम्बर: नाम्ची भलिबल क्लब अनि सोरेङ च्याखुङ एवेञ्जर्स पुरुष वर्गको निम्ति आयोजित ओपन हिल्स भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल सोरेङ च्याखुङ एवेञ्जर्सले सिक्किम आर्म पुलिस र नाम्ची भलिबल क्लबले दरामदिन भलिबल क्लबलाई पराजित गरेको हो।
आरिगाउँ समाज सुधार मण्डलीको ४१औँ स्थापना दिवसको अवसरमा खेलाइएको प्रतियोगिताको फाइनल खेल सोमवार आरिगाउँ संस्कृत पाठशालाको खेल मैदानमा सम्पन्न हुनेछ। आइतबार सम्पन्न सेमिफाइनलमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घका अध्यक्ष नारायण खतिवडा मुख्य अतिथि थिए।
जानकारी गराइन्छ, यस प्रतियोगितामा राज्यका विभिन्न भागबाट कुल २१-वटा भलिबल टोलीले भाग लिएका थिए। प्रतियोगिताका विजेता टोलीलाई ८० हजार अनि उपविजेता टोलीलाई ५० हजार रुपियाँको नगद पुरस्कारसँगै आकर्षक ट्रफी प्रदान गरिनेछ