सांसद सुब्बाले गरे लओर रदुको सरकारी प्राथमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन

गेजिङ, २ सेप्टेम्बर: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले गेजिङ जिल्लाअन्तर्गत तल्लो रदुस्थित सरकारी प्राथमिक विद्यालयमा नवनिर्मित चार कोठाको विद्यालय भवनको आज उद्घाटन गरेका छन्। भवन २०२३-२४-को एमपील्याड्स (MPLADS) कोष अन्तर्गत निर्माण गरिएको हो।

यस अवसरमा उपस्थित भेलालाई सम्बोधन गर्दै सांसद सुब्बाले राज्यका सबै ठाउँहरूमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र पूर्वाधार उपलब्ध गराउने विषयमा जोड दिए। उनले विद्यालयको कार्यसम्पादनको प्रशंसा गर्दै विद्यार्थीहरूलाई आफ्नो शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्नका लागि प्रयास जारी राख्न प्रोत्साहित पनि गरे।

तल्लो रदु प्राथमिक विद्यालय राज्यको उत्कृष्ट प्रदर्शन गर्ने प्राथमिक विद्यालयहरू मध्ये एक हो। यहाँ अहिले ७१ जना विद्यार्थीहरू छन्, जुन सरकारी विद्यालयहरूको वर्तमान परिदृश्यमा निकै ठूलो सङ्ख्या हो। यो विद्यालय मुख्यमन्त्री मेरिटोरियस छात्रवृत्ति योजनाका लागि लगातार योग्य हुने विद्यार्थीहरूको प्रशंसनीय रेकर्ड स्थापित गर्नमा सफल भएको छ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *