कालेबुङ, ४ सेप्टेम्बर: कालेबुङी १५ वर्षीय श्रेयशी तामाङले २४ देखि २८ अगस्ट लेह लद्दाखमा भएको एफएआई २ प्रि-प्याराग्लाइडिङ एक्युरेसी विश्व कपमा महिला विधामा रजत पदक जितेकी थिइन्। १०९ प्रतियोगीहरूमध्ये उनी सबैभन्दा कम उमेरकी सहभागी थिइन्। उनले आफ्नो उत्कृष्ट उपलब्धिका लागि पुरस्कार राशि ५०० डलर प्राप्त गरेकी छन्।
प्रतियोगितामा उनी १४,४०० फिटको उचाइमा उडेकी थिइन्। १३ वर्षको उमेरमा प्याराग्लाइडिङ यात्रा सुरु गरेकी उनले भविष्यमा एक्रोबेटिक्स प्याराग्लाइडिङ पाइलट बन्ने सपना देखेकी छन्।
उनी सेन्ट जोसेफ कन्भेन्टमा १०औँ कक्षामा अध्ययनरत छिन्। उनले आफ्नो बुबालाई कोभिड-१९ प्रकोपमा गुमाएकी थिइन् भने उनको सपनालाई साकार बनाउन उनकी आमाले सहयोग गरिरहेकी छिन्।