पाकिम, ५ सेप्टेम्बर: पाकिम जिल्लाअन्तर्गत दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजना जवानको मृत्यु भएको छ। वाहन पश्चिमी बङ्गालको पेदोङबाट सिक्किमको जलुकतर्फ गइरहेको सेनाको वाहन रिनाक-रङ्गेली राजमार्गको दलपचन्द डाँडाबाट लगभग ८०० फिट तल खसेर दुर्घटनाग्रस्त बनेको हो।
यस दुर्घटनामा परेर सेनाका चालक मध्यप्रदेश निवासी प्रदीप पटेल, इम्फाल निवासी सीएफएन डब्ल्यू पिटर, हरियाणा निवासी नायक गुरसिव सिंह र तामिलनाडू निवासी सुबेदार के ताङ्गापाण्डीको मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार सेनाका यी सबै जवान पश्चिम बङ्गालको बिनागुढीस्थित ईएमसी युनिटका थिए