SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

रेल राज्यमन्त्रीसँग सांसद सुब्बाले गरे भेट, सिक्किमको रेल पूर्वाधारबारे गरे छलफल

गान्तोक,२१ सेप्टेम्बर: सिक्किमका संसद डा इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा रेल राज्यमन्त्री रवनीत सिंह बिट्टुसँग भेट गरी सिक्किममा रेल सम्पर्क सम्बन्धी विषयमा छलफल गरेका छन्। डा सुब्बाले मल्ली-देन्ताम प्रस्तावित रेल लिंकको फाइनल लोकेसन सर्वे (FLS)-को विषयमा जानकारी गराएका थिए। यो सर्वेक्षण, रेलमन्त्री अश्विनी वैष्णवलाई गरेको अघिल्लो अनुरोधपछि मन्त्रालयले स्वीकृत गरेको हो। यो परियोजना पहुँच सुधार…

पूरा पढ्नुहोस्

सिक्किमले जनायो देशव्यापी ‘सेवा पख्वाडा’ अभियानमा सहभागिता

गान्तोक, १७ सेप्टेम्बर: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन तथा विश्वकर्मा जयन्तीको अवसरमा सुरु गरिएको देशव्यापी सेवा पख्वाडा अभियानमा आज सिक्किमले पनि सहभागिता जनाएको छ। उक्त कार्यक्रम स्वर्ण जयन्ती मैत्रेय मञ्जरी उत्सव प्लाजामा आयोजित गरिएको थियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङसहित अन्यको उपस्थिति रहेको थियो। सेवा पख्वाडा १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म मनाइनेछ, जसमा सार्वजनिक…

पूरा पढ्नुहोस्

फेस्बुक, युट्युबसहित अनुमतिबिना सञ्चालन भइरहेका २६ सामाजिक सञ्जाल तत्काल बन्द गर्ने नेपाल सरकारको निर्णय

गान्तोक, ४ सेप्टेम्बर: नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल तत्कालै बन्द गर्ने निर्णय गरेको छ। नेपालको सर्वोच्च अदालतले दिएको परमादेश र मन्त्रिपरिषद्को अघिल्लो निर्णय कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार औपचारिक निर्णय लिएको हो। मन्त्रालयकाअनुसार, आजदेखि नै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सम्बन्धित सञ्जालहरू बन्द गरिनेछ। बिहीबार मन्त्रालयमा बसेको बैठकले…

पूरा पढ्नुहोस्

सिक्किमकी साहित्यकार सुधा एम राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार २०२५ प्रदान गरिने

गान्तोक, ३१ अगस्ट: सिक्किमकी साहित्यकार सुधा एम राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार २०२५ का लागि चयन गरिएको छ। सिक्किम सरकारको शिक्षा विभागको भाषा सङ्कायमा अधिकारीको रूपमा कार्यरत साहित्यकार राईलाई यो पुरस्कार काव्यध्वनि असमद्वारा प्रदान गर्ने भएको हो। काव्यध्वनि असमले स्थापित गरेको यो पुरस्कार प्रत्येक वर्ष साहित्य, संस्कृति र कविता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई…

पूरा पढ्नुहोस्

सिक्किममा संविधान हत्या दिवस मनाइयो, आपतकाल घोषणा भएको ५० वर्ष पूरा

गान्तोक, २५ जून: भारतभर आपतकाल घोषणा भएको ५० वर्ष पूरा भएको अवसरमा सिक्किममा पनि ‘संविधान हत्या दिवस’ आज विभिन्न कार्यक्रमसहित मनाइएको छ। मुख्य कार्यक्रम गान्तोकस्थित मानन केन्द्रमा आयोजना गरिएको थियो, जसमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। भारत सरकारको गृह मन्त्रालयको निर्देशनअनुसार, यो दिवस राज्यका सबै जिल्ला, विद्यालय र महाविद्यालयहरूमा पनि मनाइएको छ।…

पूरा पढ्नुहोस्

गोर्खाको मुद्दामा दिल्लीमा महत्त्वपूर्ण वार्ता सम्पन्न; बङ्गाल सरकार भएन सहभागी

नयाँ दिल्ली, ३ अप्रिल: गोर्खाहरूको मुद्दालाई लिएर भारत सरकारको गृह मन्त्रालयमा एउटा महत्त्वपूर्ण वार्ता सम्पन्न भयो। वार्तामा दार्जिलिङ, तराई र डुवर्स क्षेत्रसित सम्बन्धित प्रमुख मुद्दाहरूलाई उठाइएको र त्यसमाथि विस्तृत रूपमा छलफल भयो। त्रिपक्षीय वार्ता भनिए तापनि राज्य पक्षबाट कुनै प्रतिनिधिको उपस्थिति रहेन। वार्ताको अध्यक्षता गृह राज्यमन्त्री (उत्तर), नित्यानन्द रायले गरेका थिए। बैठकमा अन्य वरिष्ठ अधिकारीहरू,…

पूरा पढ्नुहोस्

सिक्किमका १२ समुदायको अनुसूचित जनजाति मान्यतासम्बन्धी उच्चस्तरीय समितिको अन्तिम बैठक सम्पन्न

  गान्तोक, ०३ अप्रिल: सिक्किमका १२ छुटेका समुदायलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने विषयमा गठित सिक्किम राज्य उच्चस्तरीय समिति (Sikkim State High-Level Committee – SSHLC) को चौथो तथा अन्तिम बैठक आज चिन्तन भवनमा सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए। कार्यक्रममा मन्त्री अरुणकुमार उप्रेती, सिक्किम राज्य उच्चस्तरीय समितिका अध्यक्ष र उपाध्यक्ष, ईआईसीसीओएस+१ (EICCOS+1)…

पूरा पढ्नुहोस्

जोरथाङ आइरिसेस क्रिकेट क्लब बन्यो सिका ‘ए’ डिभिजन पुरुष क्रिकेट प्रतियोगिता २०२५-को विजेता

रम्फू, ३ अप्रिल: सिक्किम क्रिकेट एसोसिएसन (SICA) ‘ए’ डिभिजन पुरुष क्लब टुर्नामेण्ट २०२५-को पाँचौँ संस्करण बिहीबार सम्पन्न भयो। बिहीबार भएको फाइनल खेलमा जोरथाङस्थित आइरिसेस क्रिकेट क्लबले क्रिकेट एसोसिएसन अफ् ताथाङ्चेन (CAT)-लाई ३८ रनले पराजित गर्दै उपाधि जित्न सफल भयो। फाइनल खेल सिक्किम क्रिकेट ग्राउण्ड, माइनिङमा सम्पन्न भएको हो। पहिले ब्याटिङ गर्दै आइरिसेस क्रिकेट क्लबले ४०…

पूरा पढ्नुहोस्

एआई प्रणालीले समस्या निम्त्याएको भन्दै चालकहरूको विरोध, कर वृद्धि विषयमा पुनर्विचार गरिनुपर्ने माग

गान्तोक, २ अप्रिल: सिक्किम सरकारको परिवहन विभागले प्रयोग गरिरहेको एआई (AI) प्रणालीले झन् समस्या बढाएको भन्दै राज्यका विभिन्न ठाउँका चालकहरू आक्रोशित छन्। उनीहरूले एआईमार्फत पटकपटक गलत चलान काटिएको आरोप लगाउँदै तत्काल यसको प्रयोग स्थगित गर्न माग गरेका छन्। गत साता एक चारपाङ्ग्रे ट्याक्सीलाई “हेलमेट नलगाएको” आरोपमा एआईले चलान काटेको घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको…

पूरा पढ्नुहोस्

सामसन तामाङको जमानत याचिका न्यायालयले गर्‍यो पुनः खारेज

गान्तोक, १ अप्रिल: सामसन तामाङको दोस्रो जमानत याचिकामाथि आज प्रमुख जिल्ला तथा सत्र न्यायालयमा सुनुवाइ भएको थियो भने न्यायालयले त्यसलाई खारेज गरेको छ। न्यायालयमा सिक्किम राज्यको तर्फबाट सरकारकी अधिवक्ता ज्योति सुब्बाले बहस प्रस्तुत गरेकी थिइन् भने अभियुक्त सामसन तामाङको तर्फबाट बीके गुप्ता उपस्थित थिए। दुवै पक्षको तर्क सुनेपछि न्यायालयले जमानत याचिका खारेज गरेको छ। यो…

पूरा पढ्नुहोस्