हेडलाइन

SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

मंगनमा जिल्ला निर्वाचन अधिकृतद्वारा राजनीतिक दलका प्रतिनिधिसँग मासिक समन्वय बैठक

मंगन, ८ जनवरी: भारतको निर्वाचन आयोगको निर्देशनअनुसार मंगन जिल्लामा मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग मासिक समन्वय बैठक आज जिल्लापाल तथा जिल्ला निर्वाचन अधिकृतको कार्यकक्षमा सम्पन्न भयो। बैठकको उद्देश्य निर्वाचन प्रक्रियासम्बन्धी महत्वपूर्ण विषयमा छलफल गर्दै राजनीतिक पक्षहरूसँग समन्वयलाई थप सुदृढ गर्नु रहेको थियो। बैठकको अध्यक्षता जिल्लापाल तथा जिल्ला निर्वाचन अधिकृत अनन्त जैनले गरेका थिए। उनले विशेष गहन…

पूरा पढ्नुहोस्

एसडीएफ छोडेर ५२ जना एसकेएममा सामेल; मन्त्री भोजराज राईले जनाए पार्टीमा स्वागत

गान्तोक, ८ जनवरी: सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चाको १४औँ स्थापना दिवस नजिकिँदै गर्दा मानिसहरू विभिन्न पार्टी परित्याग गरी सत्तारूढ दलमा सामेल हुने क्रम जारी रहेको छ। यसै क्रममा आज पोक्लोक-कामराङ निर्वाचन क्षेत्रअन्तर्गत पाबोङ वार्ड अनि आसाङथाङ जीपीयूको दुमिगाउँ वार्डबाट ५२ भन्दा बढी एसडीएफ समर्थकहरू एसकेएम सामेल भएका छन्। पार्टीमा सामेल भएका सदस्यहरूलाई पोक्लोक-कामराङ निर्वाचन क्षेत्रका विधायक…

पूरा पढ्नुहोस्

बर्फुङ निर्वाचन क्षेत्रमा सीएपीको क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न

बर्फुङ, ८ जनवरी: सिटिजन एक्सन पार्टी–सिक्किमले बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा पार्टीको नाम्ची जिल्लाका अध्यक्ष डीबी स्टीफन गुरुङको अध्यक्षतामा बर्फुङमा सम्पन्न गरेको छ। पार्टीको नीति र सिद्धान्तलाई गाउँ–गाउँसम्म पुर्‍याउने, सङ्गठन विस्तार गर्ने तथा पार्टीलाई थप सुदृढ बनाउने विषयमा सभामा विस्तृत छलफल गरिएको बताइएको छ। सभालाई बर्फुङ निर्वाचन क्षेत्रका पार्टी एसीईसी अध्यक्ष ताराकुमार लिम्बू, युवा…

पूरा पढ्नुहोस्

मल्ली गुम्पा वार्डमा सिटिजन एक्सन पार्टीद्वारा युनिट भोलिन्टियर्स काउन्सिल गठन

मल्ली, ८ जनवरी: जमिनी तहसम्म सङ्गठन विस्तार गर्ने अभियानअन्तर्गत सिटिजन एक्सन पार्टी–सिक्किमले १२–मल्ली निर्वाचन क्षेत्रअन्तर्गत मल्ली डाँडा पायोङ जीपीयूको मल्ली गुम्पा वार्ड नम्बर २ मा युनिट भोलिन्टियर्स काउन्सिल गठन गरेको छ। पार्टीको मल्ली निर्वाचन क्षेत्रको ड्राइभर काउन्सिलका उपाध्यक्ष विजय प्रधानको निवासमा सम्पन्न बैठकमार्फत यूभीसी गठन गरिएको हो। पार्टीको प्रचारप्रसार काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, उक्त अवसरमा…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले केन्द्रीय मन्त्री किरण रिजिजुसँग गरे भेट

गान्तोक, ७ जनवरी: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रीय मन्त्री किरण रिजिजुसँग भेट गरी नयाँ वर्षको शुभकामना व्यक्त गर्दै उनको स्वास्थ्य, सुख–समृद्धि तथा निरन्तर सफलताको कामना गरेका छन्। मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट साझा गर्दै केन्द्रीय मन्त्री किरण रिजिजुसँग भेट भएको जानकारी गराएका छन्। मुख्यमन्त्रीले भेटका क्रममा आपसी चासोका विषयहरूमा सौहार्दपूर्ण तथा अर्थपूर्ण…

पूरा पढ्नुहोस्

भाजपा सिक्किमद्वारा सिङ्ताममा राज्यस्तरीय सङ्गठनात्मक कार्यशाला आयोजना

गान्तोक, ७ जनवरी: भारतीय जनता पार्टी, सिक्किम प्रदेशले सिङ्ताममस्थित पार्टी कार्यालयमा राज्यस्तरीय सङ्गठनात्मक कार्यशाला आयोजना गर्‍यो, जसमा राज्यभरिका वरिष्ठ नेता तथा पार्टी पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आसामका पूर्व लोकसभा सांसद डा राजदीप रोय, राष्ट्रिय प्रवक्ता सरदार आरपी सिंह, प्रदेश अध्यक्ष डीआर थापा साथै राज्य पदाधिकारी, मोर्चा पदाधिकारी, जिल्ला अध्यक्ष, महासचिव तथा मण्डल अध्यक्षहरू उपस्थित…

पूरा पढ्नुहोस्

उत्तर सिक्किमको नागा-टुङ सडक पुनः सञ्चालनमा

गान्तोक, १ जनवरी: सीमा सडक संगठन (बिआरओ) ले उत्तर सिक्किमको नागा-टुङ सडक खण्ड औपचारिक रूपमा पुनः सञ्चालनमा ल्याएको छ। सन् २०२३ अक्टोबरमा आएको हिमताल विस्फोट बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) का कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको यो सडक पुनः सञ्चालनमा आउँदा स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो राहत मिलेको छ। बाढीपछि महिनौँसम्म अवरुद्ध बनेको यस महत्वपूर्ण…

पूरा पढ्नुहोस्

लुम्बिनी न्युज फेस्टिभलमा सहभागिताका लागि सिक्किमको पत्रकार टोली आइपुग्यो रुपन्देही, तीन दिनसम्म चल्नेछ फेस्टिभल

रुपन्देही, २७ डिसेम्बर: आइतबारदेखि सुरु हुन गइरहेको तेस्रो लुम्बिनी न्युज फेस्टिभल तथा लुम्बिनी प्रेस क्लबको स्थापना दिवस कार्यक्रममा सहभागिता जनाउन प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम राउतको नेतृत्वमा चार सदस्यीय पत्रकार टोली शनिबार लुम्बिनी आइपुगेको छ। टोलीमा पत्रकार रुद्र कौशिक, एनबी घिमिरे र सुवेन प्रधान रहेका छन्। लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा पत्रकारितासम्बन्धी मुद्दामा बहस…

पूरा पढ्नुहोस्

रेल राज्यमन्त्रीसँग सांसद सुब्बाले गरे भेट, सिक्किमको रेल पूर्वाधारबारे गरे छलफल

गान्तोक,२१ सेप्टेम्बर: सिक्किमका संसद डा इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा रेल राज्यमन्त्री रवनीत सिंह बिट्टुसँग भेट गरी सिक्किममा रेल सम्पर्क सम्बन्धी विषयमा छलफल गरेका छन्। डा सुब्बाले मल्ली-देन्ताम प्रस्तावित रेल लिंकको फाइनल लोकेसन सर्वे (FLS)-को विषयमा जानकारी गराएका थिए। यो सर्वेक्षण, रेलमन्त्री अश्विनी वैष्णवलाई गरेको अघिल्लो अनुरोधपछि मन्त्रालयले स्वीकृत गरेको हो। यो परियोजना पहुँच सुधार…

पूरा पढ्नुहोस्

सिक्किमले जनायो देशव्यापी ‘सेवा पख्वाडा’ अभियानमा सहभागिता

गान्तोक, १७ सेप्टेम्बर: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन तथा विश्वकर्मा जयन्तीको अवसरमा सुरु गरिएको देशव्यापी सेवा पख्वाडा अभियानमा आज सिक्किमले पनि सहभागिता जनाएको छ। उक्त कार्यक्रम स्वर्ण जयन्ती मैत्रेय मञ्जरी उत्सव प्लाजामा आयोजित गरिएको थियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङसहित अन्यको उपस्थिति रहेको थियो। सेवा पख्वाडा १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म मनाइनेछ, जसमा सार्वजनिक…

पूरा पढ्नुहोस्