हेडलाइन

SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

यसपटकको बजेट जनताको हितविपरीत, कुनै उल्लेखनीय योजनाहरू छैन: सीएपी

गान्तोक, २९ मार्च: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-ले एसकेएम सरकारले प्रस्तुत गरेको २०२५-२६ को वार्षिक बजेटलाई जनताको हितविपरीत बताएको छ। आज राजधानी गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ताहरू अल्बर्ट गुरुङ र महेश राईले राज्य विधानसभाले हिजो मात्र पारित गरेको १६,१९६ करोडको बजेट सिक्किम र सिक्किमे जनताको हितमा नभई केवल सरकारको सञ्चालनका लागि ल्याइएको बजेट…

पूरा पढ्नुहोस्

सिक्किम राज्य सहकारी सङ्घद्वारा राज्यस्तरीय सहकारी प्रवर्द्धन तथा विकास सम्मेलन आयोजित, उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गर्ने मुख्यमन्त्रीको घोषणा

पाकिम, २९ मार्च: सिक्किम राज्य सहकारी सङ्घ (SICUN)-को सम्मेलन हलमा आज सिक्किम राज्यमा सहकारी प्रवर्द्धन तथा विकाससम्बन्धी राज्यस्तरीय सम्मेलन सम्पन्न भयो। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रम राष्ट्रिय सहकारी सङ्घ भारत (NCUI), नयाँ दिल्लीले सिक्किम राज्य सहकारी सङ्घ (SICUN) र सिक्किम सरकारको सहकारी विभागको सहकार्यमा आयोजना गरेको थियो। मुख्यमन्त्रीले आफ्नो…

पूरा पढ्नुहोस्

म्यानमार भूकम्प: मृत्यु सङ्ख्या ८०० नाघ्यो, थप बढ्ने अनुमान

म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्न सक्ने अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS)-ले भूकम्पको प्रभाव विश्लेषण गर्दै यस्तो प्रक्षेपण गरेको हो। भूकम्पको धक्का थाइल्याण्ड, बङ्गलादेश, चीन, र भारतसम्म महसुस गरिएको थियो। ब्लूमबर्गका अनुसार, म्यानमारको सैन्य सरकारले अहिलेसम्म ८०० भन्दा बढीको मृत्यु पुष्टि गरेको छ भने २,००० भन्दा बढी…

पूरा पढ्नुहोस्

सिक्किम विधानसभामा बजेट सत्र समापन, २०२५-२६-का लागि रु १६,१९६ करोडको बजेट पारित

गान्तोक, २८ मार्च: एघारौँ सिक्किम विधानसभाको दोस्रो अधिवेशन (भाग ३) अन्तर्गत बजेट सत्र २०२५-२६ को अन्तिम दिन आज रु १६,१९६ करोडको वार्षिक बजेट पारित गरिएको छ। सिक्किम विधानसभा सचिवालयमा सम्पन्न उक्त अधिवेशनमा राज्यको वित्तीय व्यवस्थापन र नीति निर्माणसम्बन्धी छलफल गरिएको थियो। सदनले यसै अवसरमा सिक्किम विनियोजन विधेयक, २०२५ पारित गर्‍यो, जुन मुख्यमन्त्री तथा वित्त विभागका…

पूरा पढ्नुहोस्

टिस्टा बाढी प्रभावित क्षेत्र पुनर्निर्माणका लागि सिक्किमलाई केन्द्र सरकारबाट ₹५५५.७० करोड राहत कोष स्वीकृत

गान्तोक, २८ मार्च: सिक्किममा अक्टोबर २०२३-मा आएको विनाशकारी ग्लेसियल लेक आउटबर्स्ट फ्लड (GLOF)-पछि पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि केन्द्र सरकारले राष्ट्रिय आपदा मोचन निधि (NDRF) अन्तर्गत ५५५.७० करोड रुपैयाँको वित्तीय सहायता स्वीकृत गरेको छ। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा बसेको उच्च-स्तरीय समितिले उक्त राहत कोष स्वीकृत गरेको हो। समितिमा केन्द्रीय अर्थमन्त्री, कृषिमन्त्री तथा…

पूरा पढ्नुहोस्

नयाँ विश्वविद्यालयमाथि कोमल चामलिङको प्रश्नपछि एसकेएमको उत्तर – “पूर्व मुख्यमन्त्रीले सरकारी खर्चमा छोरीलाई हार्वर्ड पढाएजस्तो होइन”

गान्तोक, २८ मार्च: सिक्किम विधानसभाको बजेट अधिवेशन २०२५-२६ शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले यसको स्वागत गरेको छ। एसकेएम प्रवक्ता सीपी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै राज्यको शिक्षा, स्वास्थ्य र समग्र विकासलाई केन्द्रमा राखेर विधानसभामा पारित प्रस्तावहरूलाई जनहितकारी भएको बताएका छन्। साथै, विपक्षीप्रति प्रहार गर्दै उनीहरूले गरिरहेको नयाँ विश्वविद्यालयहरूको विरोधलाई ‘दुर्भाग्यपूर्ण’…

पूरा पढ्नुहोस्

दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु

दक्षिण कोरियाको इतिहासकै भीषण वन डढेलो शुक्रबार बिहान पूर्ण रूपमा नियन्त्रणमा आएको छ। करिब एक हप्तासम्म दक्षिणपूर्वी प्रान्तहरूमा फैलिएको आगलागीमा परी २८ जनाको मृत्यु भएको छ, जसमा उत्तर ग्योङसाङमा २४ र दक्षिण ग्योङसाङमा ४ जनाले ज्यान गुमाएका छन्। घटनामा ३२ जना घाइते भएका छन्। गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आगलागीबाट ३८,००० हेक्टरभन्दा बढी भूभाग जलेको…

पूरा पढ्नुहोस्

सांसद बिष्टले संसदमा उत्तर बङ्गालमा एम्स स्थापनाको गरे माग

दार्जिलिङ, २७ मार्च: दार्जिलिङका लोकसभा सांसद राजु बिष्टले संसदमा उत्तर बङ्गालको सरकारी स्वास्थ्य सेवाबारे गम्भीर प्रश्न उठाउँदै सिलगढीमा अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) स्थापनाको माग गरेका छन्। उनले उत्तर बङ्गालका दार्जिलिङ, कालेबुङ, आलिपुरद्वार, जलपाइगढी, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदा जिल्लाका करिब आठ करोड जनसङ्ख्या अझै पनि आधारभूत स्वास्थ्य सुविधाको अभावमा सङ्घर्षरत रहेको औँल्याए।…

पूरा पढ्नुहोस्

सिक्किम विधानसभाले पारित गर्‍यो विभिन्न क्षेत्रका लागि बजेट अनुदान

गान्तोक, २७ मार्च: ११औँ सिक्किम विधानसभाको द्वितीय सत्र (भाग-३) अन्तर्गत तेस्रो दिनको बैठक आज सिक्किम विधानसभा सचिवालयमा सम्पन्न भयो। बैठकमा विभिन्न विधेयकहरू पारित हुनुका साथै बजेटमाथि छलफल भयो। बैठकमा शिक्षा विभागका मन्त्रीद्वारा प्रस्तुत अटल बिहारी वाजपेयी स्किल युनिभर्सिटी सिक्किम विधेयक २०२५, सेङ्गोल इन्टरनेशनल युनिभर्सिटी विधेयक २०२५, र फ्युजन युनिभर्सिटी सिक्किम विधेयक २०२५ पारित भयो। यी…

पूरा पढ्नुहोस्

२ अप्रिलमा दिल्लीमा त्रिपक्षीय वार्ता, सांसद राजु विष्टले जनाए सकारात्मक अपेक्षा

दार्जिलिङ, २६ मार्च: आगामी २ अप्रिलमा नयाँ दिल्लीमा त्रिपक्षीय वार्ता आयोजना हुने दार्जिलिङका सांसद राजु विष्टले बताएका छन्। उनले गृह मन्त्रालयले केन्द्र सरकार, दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका सबै सरोकारवालाहरू तथा पश्चिम बंगाल सरकार सम्मिलित दोस्रो चरणको त्रिपक्षीय वार्ता गराउने जानकारी दिएका छन्। वार्ता २ अप्रिल, २०२५-का दिन बिहान ११ बजे, नयाँ दिल्लीको नर्थ…

पूरा पढ्नुहोस्