SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

सिक्किमका कवि प्रवीण राई जुमेलीको मेडिटेसन-लाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार

सिलिगुडी, ५ सेप्टेम्बर: सिक्किमका कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जुमेलीका कविता सङ्ग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार दिइने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि…

पूरा पढ्नुहोस्

दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु

पाकिम, ५ सेप्टेम्बर: पाकिम जिल्लाअन्तर्गत दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजना जवानको मृत्यु भएको छ। वाहन पश्चिमी बङ्गालको पेदोङबाट सिक्किमको जलुकतर्फ गइरहेको सेनाको वाहन रिनाक-रङ्गेली राजमार्गको दलपचन्द डाँडाबाट लगभग ८०० फिट तल खसेर दुर्घटनाग्रस्त बनेको हो। यस दुर्घटनामा परेर सेनाका चालक मध्यप्रदेश निवासी प्रदीप पटेल, इम्फाल निवासी सीएफएन डब्ल्यू पिटर, हरियाणा निवासी नायक गुरसिव सिंह…

पूरा पढ्नुहोस्

भारत सरकार, त्रिपुरा सरकार, अनि एनएलएफटी र एटीटीएफ बीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली, ४ सेप्टेम्बर: केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहको उपस्थितिमा आज नयाँ दिल्लीमा भारत सरकार, त्रिपुरा सरकार र नेशनल लिबरेशन फ्रण्ट अफ् त्रिपुरा (एनएलएफटी) अनि अल त्रिपुरा टाइगर फोर्स (एटीटीएफ)-को बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौतालाई प्रधानमन्त्री नरेन्द्र मोदीको शान्तिपूर्ण, समृद्ध र ऊग्रवाद मुक्त पूर्वोत्तरको सपनालाई पूरा गर्न महत्वपूर्ण कोसेढुङ्गा मानिएको…

पूरा पढ्नुहोस्

कालेबुङकी श्रेयशी तामाङले प्रि-प्याराग्लाइडिङ एक्युरेसी विश्वकपमा जितिन् रजत पदक

कालेबुङ, ४ सेप्टेम्बर: कालेबुङी १५ वर्षीय श्रेयशी तामाङले २४ देखि २८ अगस्ट लेह लद्दाखमा भएको एफएआई २ प्रि-प्याराग्लाइडिङ एक्युरेसी विश्व कपमा महिला विधामा रजत पदक जितेकी थिइन्। १०९ प्रतियोगीहरूमध्ये उनी सबैभन्दा कम उमेरकी सहभागी थिइन्। उनले आफ्नो उत्कृष्ट उपलब्धिका लागि पुरस्कार राशि ५०० डलर प्राप्त गरेकी छन्। प्रतियोगितामा उनी १४,४०० फिटको उचाइमा उडेकी थिइन्। १३…

पूरा पढ्नुहोस्

नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङ‌मा नेपाली भाषा मान्यता दिवस पालन

गान्तोक, ३ सेप्टेम्बर: नेपाली भाषाले संवैधानिक मान्यता पाएयता यसको सही महत्त्व यसपटक सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बुझाउन सकेको मन्तव्य पद्मश्री सम्मानद्वारा विभूषित सानु लामाले व्यक्त राखेका छन्। उनले नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङ‌को नेपाली विभागद्वारा आयोजित ३३औँ नेपाली भाषा मान्यता दिवसमा मुख्य अतिथिको सम्बोधन राख्ने क्रममा यसो भनेका हुन्। यस वर्ष ३० अगस्टका दिन सम्पन्न…

पूरा पढ्नुहोस्

सांसद सुब्बाले गरे लओर रदुको सरकारी प्राथमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन

गेजिङ, २ सेप्टेम्बर: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले गेजिङ जिल्लाअन्तर्गत तल्लो रदुस्थित सरकारी प्राथमिक विद्यालयमा नवनिर्मित चार कोठाको विद्यालय भवनको आज उद्घाटन गरेका छन्। भवन २०२३-२४-को एमपील्याड्स (MPLADS) कोष अन्तर्गत निर्माण गरिएको हो। यस अवसरमा उपस्थित भेलालाई सम्बोधन गर्दै सांसद सुब्बाले राज्यका सबै ठाउँहरूमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र पूर्वाधार उपलब्ध गराउने विषयमा जोड दिए। उनले विद्यालयको…

पूरा पढ्नुहोस्

अक्टोबर दोस्रो हप्तादेखि पाकिमबाट हवाई सेवा सञ्चालन हुन सक्ने सम्भावना, अन्तर्राष्ट्रिय सेवाका लागि पनि चलिरहेको छ तयारी

पाकिम, २ सेप्टेम्बरः पाकिमबाट नयाँ दिल्ली र कोलकता बाहेक हैदरावाद, बैंगलोर र गुवाहाटीको सेवा चाँडै सञ्चालन गर्ने तयारी चलिरहेको छ भने अन्तर्राष्ट्रिय सेवाका रूपमा भुटानको ड्रुक एयर र नेपालको बुद्ध एयरले पनि पाकिममा सेवा सुरु गर्नसक्ने प्रबल सम्भावना रहेको एयरपोर्ट अथरिटी अफ् इण्डियाको पाकिमका निर्देशक सञ्जीव कुमार सिंहले जानकारी दिएका छन्। एक दिनमा लगभग एक…

पूरा पढ्नुहोस्

एसडीएफले गर्‍यो पार्टीको विभिन्न समिति विघटन

गान्तोक, २ सेप्टेम्बर: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-ले विभिन्न तहमा पार्टीका समितिहरू विघटन गरेको छ। सोमबार गान्तोकस्थित एसडीएफ भवनमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो। पार्टीका अध्यक्ष पवन चामलिङले पार्टीको संवैधानिक अधिकार प्रयोग गर्दै केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यकारिणी समिति, जिल्ला समिति, निर्वाचन क्षेत्रस्तरीय समिति र वार्डस्तरीय समिति विघटन गर्ने निर्णय लिएको बताइएको छ।…

पूरा पढ्नुहोस्

सिक्किम ब्याडमिन्टन टोली नर्थ इस्ट जोन इन्टर-स्टेट ब्याडमिन्टन च्याम्पियनशिपका लागि तयार

गान्तोक, २ सेप्टेम्बर: सिक्किम ब्याडमिन्टन टोली नर्थ इस्ट जोन इन्टर-स्टेट ब्याडमिन्टन च्याम्पियनशिप २०२४-मा आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि तयार रहेको बताइएको छ। ब्याडमिन्टन एसोसिएसन अफ इन्डिया र असम ब्याडमिन्टन एसोसिएसनद्वारा आयोजना गरिने यो प्रतिष्ठित टूर्नामेन्ट असमको गुवाहाटीमा आगामी ७ सेप्टेम्बरदेखि १० सेप्टेम्बरसम्म हुनेछ। यस च्याम्पियनसिपमा अण्डर-१३, अन्डर-१९ लगायत विभिन्न उमेर समूहरूलाई प्रतिनिधित्व गर्ने सिक्किमका कुल…

पूरा पढ्नुहोस्

तेलंगाना र आन्ध्र प्रदेशमा भारी वर्षा, २७ जनाको मृत्यु

नयाँ दिल्ली, २ सेप्टेम्बर: तेलंगाना र आन्ध्र प्रदेशमा लगातार दोस्रो दिन पनि भारी वर्षा भइरहेको छ। जसका कारण अहिलेसम्म लगभग २७ जनाको मृत्यु भएको छ भने बाढीका कारण धेरै क्षेत्र प्रभावित बनेका छन्। भारी वर्षाका कारण रेल र बस सेवा प्रभावित भएका छन्। दुवै राज्यमा बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर राहत शिविरमा लगिएको छ।…

पूरा पढ्नुहोस्