SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

सिक्किममा भूकम्प, दार्जिलिङलगायत पूर्वी नेपालसम्म धक्का

सोरेङ, ९ अगस्ट: शुक्रबार बिहान सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। पश्चिम सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। बिहान ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बङ्गालका केही जिल्ला र नेपालको पूर्वी भेगमा…

पूरा पढ्नुहोस्

सदनमा दुईवटा संशोधित र तीनवटा विधेयक बिनाबहस पारित: बजेटमाथिको चर्चामा कसैले लिएनन् भाग

गान्तोक, ६ अगस्ट: आज विधानसभाको बजेट अधिवेशनको दोस्रो दिन हिजो मुख्यमन्त्री एवम् वित्त प्रभारी मन्त्री प्रेमसिंह तामाङद्वारा सदनमा प्रस्तुत गरिएको वर्ष २०२४-२५- को साधरण बजेटमाथि चर्चा हुनपर्ने थियो तर बजेटमाथिको चर्चामा सदनका एकैजना सदस्यले पनि भाग लिएनन्। यसरी यस वर्षको बजेटमाथिको चर्चा बिनाचर्चा नै समाप्त भयो।   हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले वर्ष २०२४-२५-का लागि राज्यका…

पूरा पढ्नुहोस्

बेलायतले शेख हसिनालाई नदिने शरण

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतबाट लन्डन जाने चर्चा चलिरहेको समयमा बेलायतले उनलाई शरण दिन नसक्ने जानकारी प्राप्त भएको छ। बेलायत गएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले जनाएको बताइएको छ। सोमबार सरकार विरोधी उग्र प्रदर्शनबिच राजीनामा दिएर देश छोडेकी हसिना अहिले दिल्लीमा छिन्। शरण माग्न चाहनेले उ सबैभन्दा…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे विधानसभामा वर्ष २०२४-२५-का लागि १४,४९०.६७ करोड रुपियाँको साधरण बजेट पेश

गान्तोक, ५ अगस्ट: राज्यका मुख्यमन्त्री तथा प्रभारी वित्त मन्त्री प्रेमसिंह तामाङले सोमबार विधानसभामा वर्ष २०२४-२५-का लागि १४,४९०.६७ करोड रुपियाँको साधरण बजेट प्रस्तुत गरे। चार दिने बजेट सत्रको पहिलो दिन मुख्यमन्त्रीले राज्यको बजेट प्रस्तुत गर्दै यो बजेट वर्ष २०१८-१९- को तुलनामा १०९ प्रतिशत अधिक रहेको बताए।   मुख्यमन्त्री तामाङले सदनमा बजेट सम्बोधन राख्दै सिक्किमले प्रजातन्त्र पाएको…

पूरा पढ्नुहोस्

गत चुनाउमा ८३.४ प्रतिशत मतदान हुनु देशको लोकतन्त्रमा सिक्किमवासीको सक्रिय भागिदारी दर्शाउनु हो: राज्यपाल

गान्तोक, ५ अगस्ट: सोमबारदेखि सुरु भएको सिक्किम राज्यको वर्ष २०२४-२५-को बजेट सत्रको पहिलो दिन राज्यका नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरले सदनलाई सम्बोधन गर्दै भखरै सम्पन्न राज्यको ११औँ विधानसभा अनि १८औँ लोकसभा चुनाउमा राज्यमा भएको ८३.४ प्रतिशत मतदानले देशको लोकतन्त्रमा सिक्किमेली जनताको सक्रिय भागिदारीलाई दर्शाउने बताएका छन्। उनले भर्खरै सम्पन्न सिक्किम विधानसभा साथै लोकसभा चुनाउममा उत्कृष्ट…

पूरा पढ्नुहोस्

आकस्मिक वर्षापछि आएको बाढीका कारण हिमाचल प्रदेशमा ५० जनाभन्दा बढी बेपत्ता

सिमला, १ अगस्ट: हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताएका छन्। सिमलाको रामपुर तहसिल, मन्डी जिल्लाको पधार तहसिल र कुल्लुको जाओ, निर्मल गाउँमा वर्षाले निम्त्याएको विपतपछि राष्ट्रिय विपत् व्यवस्थापन बल (एसडिआरएफ),…

पूरा पढ्नुहोस्

हमासको एक शीर्ष नेता इस्माइल हनियेको इरानमा हत्या

इरानले हमासका नेता इस्माइल हनियेको हत्या भएको दाबी गरेको छ। इरानी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेको हमासको राजनीतिक विभागको शीर्षमध्येका नेता हानियेको हत्या भएको हो। इरानले उनको हत्या कसरी भयो भन्नेबारे थप विवरण सार्वजनिक गरेको छैन। उनको हत्याको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। हानिये कतारको राजधानी दोहामा बस्दै आएका थिए। इरानको…

पूरा पढ्नुहोस्

बिहार घुम्न गएकी सिक्किमकी युवतीमाथि सामुहिक बलात्कार; दुवै आरोपी पक्राउ

गान्तोक, ७ जून: सिक्किमकी एक युवतीलाई बिहारको किशनगञ्ज सदर थाना क्षेत्र स्थित एउटा लजमा बुधबार बिहान दुई युवकले सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको छ। घटनाको उजुरी दर्तापछि प्रहरीले दुवै आरोपीलाई पक्राउ गरेको बताइएको छ। पक्राउ परेका आरोपी अरहान अख्तर किशनगञ्जको बहादुरगञ्जका र अमजद हुसेन अररियाका बासिन्दा हुन्। प्रहरीले पीडितको बयानका आधारमा एफआईआर दर्ता गरेको…

पूरा पढ्नुहोस्

एसकेएम उम्मेदवार इन्द्रहाङ सुब्बा दोस्रोपटक सांसद निर्वाचित

गान्तोक, ४ मई: सिक्किमको एकमात्र लोकसभा आसनमा एसकेएम उम्मेदवार इन्द्रहाङ सुब्बा भारी मतले विजयी बनेका छन्। अन्य १३ जना उम्मेदवारलाई पछि छोड्दै ४२.५२ प्रतिशत मत प्राप्त गरेर उनी दोस्रोपटक सांसद चुनिएका छन्। उनले कूल १६४३९६ मत प्राप्त गरेका छन्। गत २०१९-को चुनाउमा उनले ४७.४६ प्रतिशत मत प्राप्त गरेका थिए भने यसपटक ४२.५२ मत प्राप्त गरेका…

पूरा पढ्नुहोस्

३२ मा ३१ आसन जितेर प्रचण्ड बहुमतका साथ एसकेएम पुनः सरकारमा; ४० वर्षपछि चामलिङ पहिलोचोटि पराजित

गान्तोक, २ जून: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले दोस्रोपटक सिक्किममा सरकार गठन गरेको छ। सिक्किम विधानसभाको हालै सम्पन्न चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चाले प्रचण्ड बहुमतका साथ जीत हासिल गरेको छ। ३२ सदस्यीय सिक्किम विधानसभामा सिक्किम क्रान्तिकारी मोर्चाले ३१ सिट जितेको छ। कांग्रेस, सिटिजन एक्सन पार्टी, भारतीय जनता पार्टीले एउटै आसन पनि जित्न सकेनन् भने सिक्किम डेमोक्रेटिक फ्रन्टले…

पूरा पढ्नुहोस्