कवि राजा पुनियानी दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कारले पुरस्कृत
दार्जिलिङ, ३१ अगस्ट: कवि राजा पुनियानी दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कारले पुरस्कृत भएका छन्। उनी सुकुना निवासी हुन्। यो पुरस्कार साहित्यकार तथा राजनीतिज्ञ दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित पुरस्कार हो। ३० अगस्ट २०२४ बिर्तामोड, नेपालमा आयोजित पुरस्कार अलङ्करण समारोहमा नेपाल र भारतका कवि साहित्यकारहरूको बृहत् उपस्थिति थियो। नेम्बाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङको अध्यक्षता एवंम् प्रसिद्ध…