SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

शिक्षा मन्त्री केएन लेप्चाले सिक्किम विधानसभामा पेश गरे ७-वटा नयाँ निजी विश्वविद्यालय विधेयक

गान्तोक, १२ फरवरी: सोमबार बसेको दसौँ सिक्किम विधानसभाको सातौँ सत्र (भाग ३)-मा सिक्किम सरकारका शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चाले सातवटा नयाँ निजी विश्वविद्यालय विधेयकहरू पेश गरेका छन्। मन्त्री लेप्चाले अर्किड युनिभर्सिटी विधेयक, गुरुकुल विद्यापिठ विश्वविद्यालय विधेयक, म्याट्रिक्स स्किलटेक युनिभर्सिटी, सिक्किम विधेयक, ड्युक इन्टरनेशनल युनिभर्सिटी विधेयक, सिक्किम मेडिकल साइन्स युनिभर्सिटी विधेयक, म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी…

पूरा पढ्नुहोस्

चौथो खेलो इण्डिया पुरुष वर्गको बक्सिङ प्रतियोगिता सिक्किमले आयोजना गर्ने

गान्तोक, १० फरवरी: आगामी २५ फरवरीदेखि चौथो खेलो इन्डिया युनिभर्सिटी गेम्स आस्था लक्ष्मी २०२३ अन्तर्गत मेन्स बक्सिङ प्रतियोगिता सुरु हुने भएको छ। उक्त प्रतियोगिता २५- २९ फरवरीसम्म राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा सम्पन्न हुने सिक्किम सरकारको खेलकूद एवम् युवा मामिल विभागका अतिरिक्त निर्देशक आरबी विश्वकर्माले जानकारी गराएका हुन्। शनिबार तादोङस्थित प्रेस क्लब अफ् सिक्किमको कार्यलयमा…

पूरा पढ्नुहोस्

रम्फूमा अस्थायी कर्मचारी भरोसा सम्मेलन सम्पन्न; चार वर्षमा अस्थायी कर्मचारीहरू स्थायी हुने अधिसूचना जारी

रम्फू, ९ फरवरी: राज्यमा अब चार वर्ष सेवाकाल पूरा गरेका सम्पूर्ण अस्थायी कर्मचारीहरू स्थायी हुनेछन्। यसको निम्ति राज्य सरकारले वर्ष २०२० को अस्थायी कर्मचारी स्थायीकरण नीतिमा संशोधन गरेको छ। गत ३ फरवरीको दिन नै बसेको मन्त्रीमण्डलको बैठकले मञ्जुरी प्रदान गरेको सशोधित अधिसूचनालाई शुक्रबार रम्फूमा विराट जनभेलाबीच मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट लोकार्पण गरियो।   यस अस्थायी…

पूरा पढ्नुहोस्

पूर्व मन्त्री तथा एसडीएफ-का नेता एसबी सुवेदीको निधन

गान्तोक, ९ फरवरी: पूर्वमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का नेता शेरबहादुर सुवेदीको आज बिहान निधन भएको छ। ५ मार्च, सन् १९५८-मा गेजिङ पश्चिम सिक्किमको क्योङसामा जन्मेका सुवेदीले राजनीतिमा आउन अघि एसएनटी विभागअन्तर्गत वरिष्ठ प्राविधिक सहायक (एसटीए)-को रूपमा सेवा गरेका थिए। सरकारी सेवाबाट राजनीतिमा लागेपछि सुवेदीले जित र पराजय दुवैको सामना गर्नुपरेको थियो। सन् १९९४-को चुनावमा,…

पूरा पढ्नुहोस्

एसकेएम सरकारले व्यवस्थित भ्रष्टाचार गरिरहेको एसडीएफ-को आरोप

गान्तोक, ८ फरवरी: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले व्यवस्थित ढङ्गमा भ्रष्टाचार गरिरहेको विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-ले आरोप लागएको छ। एसडीएफ सरकारले आरम्भ गरिसकेको पूर्वाधार निर्माण कार्यहरूमा पैसा बढाएर एसकेएम सरकारले ठेक्काको काम राज्य बाहिराका ठूल्ठूला व्यापारीहरूलाई दिने गरेको आरोप लगाउँदै एसडीएफले यसलाई कमिशन माफिया ठहर गरेको छ। बिहीबार एसडीएफ प्रवक्ता अरुण लिम्बूले एउटा प्रेस…

पूरा पढ्नुहोस्

लिम्बू – तामाङ सीट आरक्षणको माग अन्तिम चरणमा पुगेको मुख्यमन्त्री तामाङको भनाइ

सिङ्ताम, ६ फरवरी: लिम्बू र तामाङ समुदायलाई राज्य विधानसभामा जनजाति आसन आरक्षण दिनुपर्ने माग अन्तिममा पुगेको दावी गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले यी समुदायहरूलाई धैर्य राख्ने अपील गरेका छन्। मंगलबार सिङताममा लिम्बू भवन तथा माङ्हिमको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यस्तो बयान दिएका हुन्। आफ्नो सरकारले बारम्बर केन्द्र सरकारसित एलटी सीटको माग गर्दै आएको र केन्द्र सरकार…

पूरा पढ्नुहोस्

अजय एड्वार्डसले भने भाजपाको सङ्ल्पलाई ‘हावा मिठाई’

दार्जिलिङ, ६ फरवरी: चलिरहेको अन्तरिम बजेट सत्रमा पनि गोर्खाहरूले न्याय नपाउने स्पष्ट रहेको बताउँदै हाम्रो पार्टीका अध्यक्ष अजय एड्वार्डसले भाजपाले गोर्खाहरूलाई लिएर गरेका सङ्कल्पहरू हावा मिठाई भएको उल्लेख गरे। “केन्द्रमा भाजपा गठबन्धनसरकारको पाँच वर्षको कार्यकाल पूरा हुन केही दिन मात्र बाँकी छ। हालै केन्द्र सरकारले अन्तरिम बजेट संसदमा पेश गर्‍यो, यो सत्र समाप्त हुन अब केवल…

पूरा पढ्नुहोस्

दिल्लीमा सिक्किमकी युवतीमाथि रडले प्रहार; आरोपी पक्राउ

दिल्ली, ६ फरवरी सिक्किमकी एक युवतीलाई दिल्लीमा एक व्यक्तिले रडले हिर्काएर शरीरमा तातो दाल खन्याइदिएको जानकारी प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार अभियुक्त र पीडित दुवै सँगै बस्ने गरेका थिए। हाल प्रहरीले अभियुक्तलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। राष्ट्रिय सञ्चारमाध्यमहरूबाट थाहा लागेअनुसार आरोपीको नाम पारस हो। आरोपी पारसले पीडित युवतीलाई फेसबुकमा साथी बनाएर जागिरको बहानामा…

पूरा पढ्नुहोस्

जबसम्म केन्द्रले लिम्बू तामाङ सीट आरक्षण चाहँदैन, तबसम्म हामी पनि केही गर्न सक्दैनौँ: सांसद सुब्बा

सिङ्ताम, ६ फेब्रुअरी: केन्द्र सरकारले सीमाङ्कन गरेर राज्य सरकारलाई सीट आरक्षण गर्नु नभनेसम्म राज्य सरकारले लिम्बू – तामाङ सीट आरक्षण गराउन नसक्ने सिक्किमका एकमात्र लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बताएका छन्। सिङ्ताम बजारमा लिम्बू भवन निर्माणकार्यको शिलान्यास कार्यक्रमको अवसरमा मिडियासँग कुराकानी गर्नेक्रममा सांसद सुब्बाले उक्त कुरा बताएका हुन्। “लिम्बू-तामाङले सीट पाउनुपर्छ भन्ने हाम्रो पनि अडान हो।…

पूरा पढ्नुहोस्

मुख्यमन्त्रीले गरे पाकिम जिल्लाका ४४७ बाढी पीडितलाई भाडा सहयोग प्रदान

पाकिम, ५ फरवरी: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज एसएमआईटी माझीटारमा ‘मुख्यमन्त्री राहत कोष’ मार्फत आवश्यक सामग्री र आर्थिक सहायता वितरण गरे। पाकिम जिल्लाको टिस्टा बाढी प्रभावित जनतालाई सहयोग र सहायता प्रदान गर्न यो कार्य गरिएको हो। यस पहलमा ४४७ बाढीपीडितलाई कूल ६७.०५ लाख भाडा सहयोग प्रदान गरियो। यसबाहेक, २९९ विद्यार्थीले २९.९ लाख रुपियाँ आर्थिक सहायता पाएका…

पूरा पढ्नुहोस्