डुगामा बलिदान दिवस २०२४ पालन; गोर्खा गौरव सम्मान र वीर नारी सम्मानले विभिन्न व्यक्तित्व सम्मानित
पाकिम, २५ अगस्ट: आज भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाले डुगामा बलिदान दिवस २०२४ पालन गर्यो। सनराइज एकाडेमी, डुगाको प्रेक्षागृहमा आयोजित कार्यक्रममा सिक्किम सरकारका सहकारिता विभाग अनि ग्रामीण विकास विभागका मन्त्री अरुणकुमार उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले भारतको स्वतन्त्रता सङ्ग्राममा गोर्खा समुदायको योगदान र बलिदानलाई सम्मान गर्ने दिनको रूपमा रहेको…