सिक्किमकी शिक्षक याङ्किला लामालाई राष्ट्रिय शिक्षक पुरस्कार

गान्तोक, २८ अगस्ट: गान्तोकको मोर्डन उच्चतर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक याङ्किला लामा राष्ट्रिय शिक्षक पुरस्कारका लागि चयनित भएकी छन्। आगामी पाँच सेप्टेम्बरमा राष्ट्रिय शिक्षक दिवसको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिने छ। याङ्किला लामा सन् २०१२-देखि शिक्षण पेशामा आवद्ध छन्। उनले नाम्ची नजिक मनिराम माध्यमिक विद्यालयबाट शिक्षण सुरु गरेकी थिइन्। त्यसपछि पाङथाङ निम्न माध्यमिक विद्यालयमा…

पूरा पढ्नुहोस्

डा मङ्गलजित राई बने सिकोनका नयाँ अध्यक्ष

गान्तोक, २७ अगस्ट: डा मङ्गलजित राई सिक्किम राज्य सहकारी सङ्घ (सिकोन)-का नयाँ अध्यक्ष बनेका छन्। सङ्घको २७ अगस्तको दिन बसेको ५९औँ बोर्ड सभाले राईलाई अध्यक्ष चयन गरेको हो। सभा आसाम लिङ्जेस्थित कार्यालयमा आयोजन भएको थियोे। सभाले सिकोनको बोर्ड अध्यक्ष र उपाध्यक्ष चयन गर्नका साथै नवगठित बोर्ड सदस्यहरुलाई लिएर कार्यकारिणी समिति गठन गरेको छ। सभामा संस्थाका…

पूरा पढ्नुहोस्

नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले भेटे मुख्यमन्त्रीलाई

गान्तोक, २७ अगस्ट: नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरेका गरेका छन्। मंगलबार नयाँ दिल्लीस्थित सिक्किम हाउसमा नयाँ दिल्लीको बीएलके-म्याक्स (BLK-MAX) सुपर स्पेशालिटी अस्पतालमा सेवारत नर्सहरूले मुख्यमन्त्रीसँग भेट गरेका हुन्। मुख्यमन्त्री तामाङले स्वास्थ्य क्षेत्रमा सेवारत कर्मचारीहरूमाथि गर्व र प्रशंसा व्यक्त गरेका छन्। उनले भने, “हाम्रा स्वास्थ्य सेवा पेशेवरहरूले राजधानीमा अमूल्य…

पूरा पढ्नुहोस्

स्वर्ण जयन्ती राज्य दिवसमा प्रधानमन्त्री मोदी सिक्किम आउने निश्चित; मुख्यमन्त्री तामाङले भेटेर दिए औपचारिक निमन्त्रणा

गान्तोक, २६ अगस्ट: सिक्किम भारतको २२औँ राज्य बनेको ५० वर्ष पूरा भएको अवसरमा अर्को वर्ष राज्यले आयोजना गर्ने स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिका रूपमा सिक्किम आउने निश्चित भएको छ। राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमबार प्रधानमन्त्री मोदीसँग भेट गरेर १६ मई २०२५-मा पालन गरिने स्वर्ण जयन्तीको समारोहमा मुख्य अतिथिको…

पूरा पढ्नुहोस्

पारखा गाउँमा व्यापक चिया खेती सुरु; उत्पादकले पाइरहेका छन् सरकार र राज्यसभा सांसदको सहयोग

पाकिम, २५ अगस्ट: भारत–चीन सीमामा पर्ने नाथाङ माचोङ निर्वाचन क्षेत्रअन्तर्गत पारखा गाउँमा व्यापक रूपमा चिया खेती सुरु भएको छ। एक महिनाअघि क्षेत्र विधायक पामिन लेप्चाले यसको आरम्भ गरेकी थिइन्। त्यसैगरी आइतबार पूर्व विधायक तथा वर्तमान राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले उक्त क्षेत्रको भ्रमण गरी स्थानीयहरूलाई चिया खेतीमा सहभागी हुन प्रोत्साहित गरेका छन्। अहिलेसम्म ४० परिवारले…

पूरा पढ्नुहोस्

डा हरिप्रसाद छेत्रीको पुस्तक ‘आत्मकथा’ लोकार्पित

गान्तोक, २५ अगस्ट: डा हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तक आज ६ माइल, तादोङस्थित हर्कमाया कलेज अफ एजुकेसनको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा राज्यको शिक्षा विभागका मन्त्री राजु बस्नेत उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री राजु…

पूरा पढ्नुहोस्

डुगामा बलिदान दिवस २०२४ पालन; गोर्खा गौरव सम्मान र वीर नारी सम्मानले विभिन्न व्यक्तित्व सम्मानित

पाकिम, २५ अगस्ट: आज भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाले डुगामा बलिदान दिवस २०२४ पालन गर्‍यो। सनराइज एकाडेमी, डुगाको प्रेक्षागृहमा आयोजित कार्यक्रममा सिक्किम सरकारका सहकारिता विभाग अनि ग्रामीण विकास विभागका मन्त्री अरुणकुमार उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित थिए। सभालाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले भारतको स्वतन्त्रता सङ्ग्राममा गोर्खा समुदायको योगदान र बलिदानलाई सम्मान गर्ने दिनको रूपमा रहेको…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियासँग भेट; राखे स्वास्थ्य सेवा पूर्वाधारका लागि सहयोगको माग

गान्तोक, २५ अगस्ट: राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय सञ्चार तथा पूर्वोत्तर क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य माधवराव सिन्धियासँग भेट गरेका छन्। यस भेटघाटको अवसरमा हालै केन्द्रिय मन्त्रीको रूपमा नियुक्त भएका सिन्धियालाई मुख्यमन्त्री तामाङले बधाई दिएका छन्। मुख्यमन्त्रीले केन्द्रिय मन्त्री समक्ष मंगन र नाम्ची जिल्लाका जिल्ला अस्पताल साथै गान्तोक जिल्लामा मेडिकल कलेज निर्माणका…

पूरा पढ्नुहोस्

पूर्व विधायकहरूको पेन्सन बढोत्तरी गर्ने मुख्यमन्त्री तामाङको घोषणा

गान्तोक, २४ अगस्ट: सिक्किमका पूर्व विधायकहरूको पेन्सन वृद्धि गर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङले घोषणा गरेका छन्। उनले शनिबार गान्तोकमा एउटा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन्। पूर्व विधायक परिसंघले शनिबार आफ्नो २२औँ स्थापना दिवस राजधानी गान्तोकमा भव्यताका साथ पालन गऱ्यो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसरी नै कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी…

पूरा पढ्नुहोस्

इन्डिया टुडेको सर्वेक्षणअनुसार गृहराज्यमा पीएस तामाङ ‘सबैभन्दा लोकप्रिय मुख्यमन्त्री’

गान्तोक, २३ अगस्ट: इन्डिया टुडे ‘मुड अफ द नेशन २०२४’ सर्वेक्षण अनुसार मुख्यमन्त्री प्रेमसिहं तामाङ आफ्नो गृह राज्यभित्र भारतमा सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको रूपमा चिनिएको सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले शुक्रबार साझा गरेको छ। मुख्यमन्त्री तामाङ ५५.७-को उत्कृष्ट लोकप्रियता मूल्याङ्कनका साथ सूचीमा अग्रणी छन् जसले उनलाई देशको शीर्ष-रेट गरिएको मुख्यमन्त्री बनाएको छ, एसकेएमले एउटा प्रेस विज्ञप्तिमा बताएको…

पूरा पढ्नुहोस्