मुख्यमन्त्री तामाङले गरे केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियासँग भेट; राखे स्वास्थ्य सेवा पूर्वाधारका लागि सहयोगको माग
गान्तोक, २५ अगस्ट: राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय सञ्चार तथा पूर्वोत्तर क्षेत्रका विकास मन्त्री ज्योतिरादित्य माधवराव सिन्धियासँग भेट गरेका छन्। यस भेटघाटको अवसरमा हालै केन्द्रिय मन्त्रीको रूपमा नियुक्त भएका सिन्धियालाई मुख्यमन्त्री तामाङले बधाई दिएका छन्। मुख्यमन्त्रीले केन्द्रिय मन्त्री समक्ष मंगन र नाम्ची जिल्लाका जिल्ला अस्पताल साथै गान्तोक जिल्लामा मेडिकल कलेज निर्माणका…