उत्तर सिक्किमको साक्को छो ताल थाङ्गु गाउँका लागि खतरा; तालको छैन कुनै प्राकृतिक निकास

मंगन, ७ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत १८,००० फिटमा अवस्थित खाङ्चुङ छो ताल पुगेको थियो तर तालको सर्भे गरेपछि हावाहुरी र हिमनदी फुटेका कारण टोलीले सर्वेक्षण पूरा गर्न नसकेको बताइएको छ।

अध्ययन टोलीको अर्को उपसमूहले साक्को छो तालको प्रारम्भिक मूल्याङ्कन गरेको छ। १६,०० फिटको उचाइमा रहेको यो तालमा कुनै प्राकृतिक निकास नरहेको अध्ययन टोलीले जानकारी गराएको छ। यो ताल थाङ्गु गाउँका लागि खतरा रहेकाले न्यूनीकरणका उपायहरूको योजना पनि बनाइएको अध्ययन टोलीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

 

हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सरकारको अन्तर-विभागीय अध्ययन टोली गान्तोकबाट १ सेप्टेम्बरको दिन उत्तर सिक्किम प्रस्थान गरेको थियो। यो टोलीले आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिममा रहेका १६-वटा हिमतालहरूको संवेदनशीलताको अध्ययन गर्नेछ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *