हिमतालहरूको खतरा अध्ययन गर्न उत्तर सिक्किम गएको टोलीले गर्‍यो चारवटा तालको भ्रमण

मंगन, ९ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोलीका तीन समुहले आज खाङ्चुङ छो, लाचुङ खाङ्सा, ला छो र साको छो तालको भ्रमण गरेका छन्।

भ्रमणका क्रममा एउटा समुहले खाङ्चुङ छो तालको उत्सर्जन अध्ययन गर्ने प्रयास गरे पनि भारी हिमपातका कारण अध्ययन गर्न नसकिएको बताइएको छ। अर्को समुहले गरेको लाचुङ खाङ्सा ताल र ला छो तालको जोखिम न्यूनीकरण सर्वेक्षणको मात्रा मूल्याङ्कन सफलतापूर्वक सम्पन्न भएको अध्ययन टोलीद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ।

 

तेस्रो समुहले विस्तृत उप सतह अध्ययनका लागि साको छो तालको भ्रमण गरेको छ। यी सबै चार हिमनदी तालहरू १८,००० फिटको उचाइमा अवस्थित छन्।

हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सरकारको अन्तर-विभागीय अध्ययन टोली गान्तोकबाट १ सेप्टेम्बरमा उत्तर सिक्किम प्रस्थान गरेको थियो। यो टोलीले आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिममा रहेका १६-वटा हिमतालहरूको संवेदनशीलताको अध्ययन गर्नेछ।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *