पूर्व मन्त्री तथा एसडीएफ-का नेता एसबी सुवेदीको निधन

गान्तोक, ९ फरवरी: पूर्वमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का नेता शेरबहादुर सुवेदीको आज बिहान निधन भएको छ। ५ मार्च, सन् १९५८-मा गेजिङ पश्चिम सिक्किमको क्योङसामा जन्मेका सुवेदीले राजनीतिमा आउन अघि एसएनटी विभागअन्तर्गत वरिष्ठ प्राविधिक सहायक (एसटीए)-को रूपमा सेवा गरेका थिए।

सरकारी सेवाबाट राजनीतिमा लागेपछि सुवेदीले जित र पराजय दुवैको सामना गर्नुपरेको थियो। सन् १९९४-को चुनावमा, सिक्किम डेमोक्रेटिक फ्रन्टको उम्मेदवारको रूपमा गान्तोक निर्वाचन क्षेत्रबाट खडा भएका उनले पराजयको सामना गर्नुपरेको थियो। त्यसपछि उनले विद्युत सल्लाहकार बोर्डको अध्यक्षको भूमिका निर्वाह गरेका थिए।

सुवेदीले सन् १९९९-को चुनावमा गेजिङ निर्वाचन क्षेत्रबाट विजय हासिल गर्दै यातायात विभागको मन्त्री बनेका थिए। सन् २०१४-को विधानसभा चुनावमा उनी सिक्किम डेमोक्रेटिक फ्रन्टबाट गेजिङ बर्मेक निर्वाचन क्षेत्रको विधायकको रूपमा निर्वाचित बनेका थिए। उनले सन् २०१४ देखि २०१९-सम्म ग्रामीण व्यवस्थापन तथा विकास, पञ्चायती राज तथा सहकारिता मन्त्रीको रूपमा काम गरेका थिए। सन् २००४ देखि २००९-सम्म उनी वन विभागको मन्त्री थिए।

प्राप्त जानकारीअनुसार सुवेदी विगत लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *