उत्तर सिक्किममा रहेका हिमतालहरूको खतरा अध्ययन गर्न गएको टोली पुग्यो गुरुदोङमार

मंगन, ६ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत गुरुदोङमार ताल पुगेको छ। हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सरकारको अन्तर-विभागीय अध्ययन टोली गान्तोकबाट १ सेप्टेम्बरको दिन उत्तर सिक्किम प्रस्थान गरेको थियो। यो टोलीले आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिममा रहेका १६-वटा हिमतालहरूको संवेदनशीलताको अध्ययन गर्नेछ।

गुरुदोङमार पुगेपछि लाचेन गुम्बा र लाचेन जुम्साका भिक्षुहरूले परम्परागत प्रार्थना गरेका थिए। अध्ययन टोलीले १८,००० फिटमा अवस्थित ३ किलोमिटरभन्दा बढी लम्बाई भएको सिक्किमको सबैभन्दा ठूलो ताल खाङ्चुङ छो तालको प्रारम्भिक मूल्याङ्कन पनि गरेको थियो।

 

टिस्टा-खाङ्से हिमनदीले भरिएको खाङ्चुङ छो ताल तीव्र गतिमा बढिरहेको छ जो अन्तर्राष्ट्रिय सिमानाबाट मात्र ५०० मिटरको दूरीमा अवस्थित छ। अध्ययन टोलीले यस ताल र साको छो तालको शनिबार विस्तृत अध्ययन गर्ने योजना बनाएको छ।

 

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *