हेडलाइन

SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

सीएपीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न; १४ सेप्टेम्बरसम्ममा नयाँ अध्यक्षको नाम घोषणा गरिने

गान्तोक, ७ सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमले आज केन्द्रीय कार्यकारिणी समितीको बैठक अदमपुलस्थित पार्टी मुख्यालयमा पार्टी अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा सम्पन्न गर्‍यो। बैठकमा मुख्य संयोजक गणेशकुमार राई, संस्थापक अध्यक्ष एलपी काफ्लेलगायत समस्त केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा पार्टीले पार्टीको “कार्यकर्ता मार्गदर्शन”को विधिवत विमोचन गरेको छ भने आजदेखि पार्टीको सदस्यता नविकरण पनि सुरु गरेको छ।…

पूरा पढ्नुहोस्

प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार लेखनाथ छेत्रीको ‘फुलाङ्गे’ उपन्यासलाई

सुकुना, ७ सेप्टेम्बर: सुकुना साहित्यिक सांस्कृतिक संस्थानले वरिष्ठ साहित्यकार नरबहादुर दाहालको कृति र कीर्तिलाई सदैव अमर राख्न उनको जन्मदिन तथा पुण्यतिथिलाई केन्द्रित गरी साहित्यकार नरबहादुर दाहाल स्मृति पुरस्कार प्रथमपल्ट युवा सर्जक लेखनाथ छेत्रीलाई उनको फुलाङ्गे उपन्यासका लागि प्रदान गरिने निश्चित गरेको छ। यो पुरस्कार युवा सर्जकको सर्वश्रेष्ठ कृतिलाई प्रदान गरी उनीहरूलाई साहित्य क्षेत्रमा अझ प्रोत्साहित…

पूरा पढ्नुहोस्

डोनर मन्त्रालयले सिक्किमको स्वास्थ क्षेत्रको विकासका लागि गर्‍यो ३२६ करोड रुपियाँ स्वीकृत

गान्तोक, ६ सेप्टेम्बर: उत्तर पूर्वी क्षेत्रको विकास मन्त्रालय (डोनर) ले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राखेका तीनवटा महत्त्वपूर्ण मागहरूलाई स्वीकृत गरेको छ। सिक्किम भ्रमणमा रहेका केन्द्रीय सञ्चार र डोनर मन्त्री ज्योतिरादित्य सिन्धियाले शुक्रबार मुख्यमन्त्री र विभागीय प्रमुखहरूसँग जारी परियोजनाहरूको समीक्षा गर्न र राज्यको भविष्यको विकास योजनाहरूबारे छलफल गर्न महत्त्वपूर्ण बैठक गरेका थिए। शुक्रबार गान्तोकस्थित सम्मान भवनमा…

पूरा पढ्नुहोस्

४७ वर्षीय पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ

सोरेङ, ५ सेप्टेम्बर: पत्नीको हत्या गरेको आरोपमा पुलिसले पतिलाई पक्राउ गरेको छ। नयाँ बजार थाना अन्तर्गत बैगुने बीएसी माथिको जङ्गलमा महिलाको शव भेटिए पछि सनसनी मच्चिएको थियो। घटनाको सुचना प्राप्त हुनसाथ पुलिसले जाँचको सुरु गरेको थियो। फलस्वरूप, नयाँ बजार पुलिसले हत्यामा संलग्न अनि फरार आरोपीलाई आज दिउँसो पक्राउ गरेको छ। घटना सोरेङ जिल्ला अन्तर्गत पिपले…

पूरा पढ्नुहोस्

नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा स्थापना दिवस साथै शिक्षक दिवस पालन

गान्तोक, ५ सेप्टेम्बर: नरबहादुर भण्डारी सरकारी महाविद्यालयले आफ्नो स्थापना दिवस र शिक्षक दिवस बिहीबार पालन गरेको छ। “आफ्नाहरूले गरेको सम्मान मेरा लागि नोबेल पुरस्कारभन्दा महत्त्वपूर्ण हो।” यो मन्तव्य हो सिक्किमका सरकारी महाविद्यालयबाट प्रोफेसर पद‌मा प्रोन्नत भएकी प्रा डा नम्रता तामाङ (थापा)-को। उनलाई आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङले आफ्नो स्थापना दिवस तथा शिक्षक दिवसको अवसरमा…

पूरा पढ्नुहोस्

सिक्किमका कवि प्रवीण राई जुमेलीको मेडिटेसन-लाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार

सिलिगुडी, ५ सेप्टेम्बर: सिक्किमका कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जुमेलीका कविता सङ्ग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार दिइने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि…

पूरा पढ्नुहोस्

दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु

पाकिम, ५ सेप्टेम्बर: पाकिम जिल्लाअन्तर्गत दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजना जवानको मृत्यु भएको छ। वाहन पश्चिमी बङ्गालको पेदोङबाट सिक्किमको जलुकतर्फ गइरहेको सेनाको वाहन रिनाक-रङ्गेली राजमार्गको दलपचन्द डाँडाबाट लगभग ८०० फिट तल खसेर दुर्घटनाग्रस्त बनेको हो। यस दुर्घटनामा परेर सेनाका चालक मध्यप्रदेश निवासी प्रदीप पटेल, इम्फाल निवासी सीएफएन डब्ल्यू पिटर, हरियाणा निवासी नायक गुरसिव सिंह…

पूरा पढ्नुहोस्

भारत सरकार, त्रिपुरा सरकार, अनि एनएलएफटी र एटीटीएफ बीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली, ४ सेप्टेम्बर: केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहको उपस्थितिमा आज नयाँ दिल्लीमा भारत सरकार, त्रिपुरा सरकार र नेशनल लिबरेशन फ्रण्ट अफ् त्रिपुरा (एनएलएफटी) अनि अल त्रिपुरा टाइगर फोर्स (एटीटीएफ)-को बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौतालाई प्रधानमन्त्री नरेन्द्र मोदीको शान्तिपूर्ण, समृद्ध र ऊग्रवाद मुक्त पूर्वोत्तरको सपनालाई पूरा गर्न महत्वपूर्ण कोसेढुङ्गा मानिएको…

पूरा पढ्नुहोस्

कालेबुङकी श्रेयशी तामाङले प्रि-प्याराग्लाइडिङ एक्युरेसी विश्वकपमा जितिन् रजत पदक

कालेबुङ, ४ सेप्टेम्बर: कालेबुङी १५ वर्षीय श्रेयशी तामाङले २४ देखि २८ अगस्ट लेह लद्दाखमा भएको एफएआई २ प्रि-प्याराग्लाइडिङ एक्युरेसी विश्व कपमा महिला विधामा रजत पदक जितेकी थिइन्। १०९ प्रतियोगीहरूमध्ये उनी सबैभन्दा कम उमेरकी सहभागी थिइन्। उनले आफ्नो उत्कृष्ट उपलब्धिका लागि पुरस्कार राशि ५०० डलर प्राप्त गरेकी छन्। प्रतियोगितामा उनी १४,४०० फिटको उचाइमा उडेकी थिइन्। १३…

पूरा पढ्नुहोस्

नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङ‌मा नेपाली भाषा मान्यता दिवस पालन

गान्तोक, ३ सेप्टेम्बर: नेपाली भाषाले संवैधानिक मान्यता पाएयता यसको सही महत्त्व यसपटक सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बुझाउन सकेको मन्तव्य पद्मश्री सम्मानद्वारा विभूषित सानु लामाले व्यक्त राखेका छन्। उनले नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङ‌को नेपाली विभागद्वारा आयोजित ३३औँ नेपाली भाषा मान्यता दिवसमा मुख्य अतिथिको सम्बोधन राख्ने क्रममा यसो भनेका हुन्। यस वर्ष ३० अगस्टका दिन सम्पन्न…

पूरा पढ्नुहोस्