दक्षिण ल्होनाक हिमतालको जलस्तर पुग्यो २०२३-को बाढी अघिकै अवस्थामा, सिक्किममा उच्च जोखिमयुक्त हिमतालहरूको अध्ययन निरन्तर

गान्तोक, ३० अगस्ट: वैज्ञानिक र विशेषज्ञहरूले सिक्किमका सोह्रवटा हिमतालहरूलाई “उच्च जोखिम” वर्गमा राखेका छन्। तीमध्ये दक्षिण ल्होनाक हिमताल र साको छो हिमताल अत्यन्तै खतरनाक मानिएका छन्। अधिकारीहरूले पुष्टि गरेअनुसार दक्षिण ल्होनाक हिमतालको जलस्तर फेरि २०२३ अक्टोबरको विनाशकारी ग्लेसियल लेक आउटबर्स्ट फ्लड (GLOF) अघिकै  स्तरमा पुगेको छ।

 

Snout of the 5 km long Khangpup Khangse glacier in the upper reaches of Dombang valley near Gora la.

यो पनि पढ्नुहोस्: उत्तर सिक्किमको साको छो हिमताल थाङ्गु गाउँका लागि खतरा; तालको छैन कुनै प्राकृतिक निकास

२०२३ क‍ो अक्टोबरमा गएको बाढी जस्तो अर्को सम्भावित विपत्तिबाट बच्नका लागि सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभागले २० अगस्टदेखि १० सेप्टेम्बर २०२५ सम्म उच्च पहाडी वैज्ञानिक अभियान सुरु गरेको छ। यस अभियानमा केन्द्रिय संस्थाहरू जस्तै सेन्ट्रल वाटर कमिशन, भारतीय भूगर्भ सर्वेक्षण, नेशनल इन्स्टिच्युट अफ हाइड्रोलोजी, डिफेन्स जियोइनफर्मेटिक्स रिसर्च इस्टाब्लिशमेन्ट, राज्य सरकारका विभाग, सिक्किम विश्वविद्यालय, भारतीय सेना, भारत तिब्बत सिमा पुलिस र स्थानीय समुदायसँग मिलेर ३५ भन्दा बढी विशेषज्ञहरूले काम गरिरहेका छन्।

30 team members representing seven central government agencies and six state government departments

यो पनि पढ्नुहोस्: हिमतालहरूको खतरा अध्ययन गर्न उत्तर सिक्किम गएको टोलीले गर्‍यो चारवटा तालको भ्रमण

अभियानलाई दुई टोलीमा विभाजन गरिएको छ। एउटा टोलीले २०२३ को विपत्तिको स्थल दक्षिण ल्होनाक हिमतालमा सर्वेक्षण पूरा गरेको छ भने अर्को टोलीले ल्होनाक उपत्यकाको माथिल्लो भाग र वरिपरिका हितालहरूमा काम जारी राखेको छ। विज्ञान तथा प्रविधि विभागका सचिव डा सन्दीप ताम्बेले बताएअनुसार सिक्किममा जम्मा चालिसवटा हिमतालहरू छन्, जसमध्ये १३ उच्च जोखिमयुक्त हिमताल मङ्गन जिल्लामा र तीनवटा हिमताल गेजिङ जिल्लामा छन्। मङ्गन जिल्लामा रहेका तालहरूले टिस्ता नदीमा जल आपूर्ति गर्छन् भने गेजिङ जिल्लामा रहेका तालहरूले रङ्गित नदीमा जल आपूर्ति गर्छन्। जोखिमयुक्त हिमतालहरूले तलतिर बसोबास गर्ने मानिसहरूलाई खतरा निम्त्याउन सक्ने सम्भावना छ।

GLOF impact at Chirap in the upper reaches of Lhonak valley

अभियान टोलीले ड्रोन म्यापिङ, एलआईडीएआर (LIDAR), बाथिमेट्रिक सर्वेक्षण र इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी (ERT) जस्ता उन्नत उपकरणहरू प्रयोग गरेर पानीको स्तर, भूगर्भीय स्थायित्व र सम्भावित बाढी जोखिमहरूको अध्ययन गरिरहेका छन्। वैज्ञानिकहरूले ल्होनाक उपत्यकाको डोल्मा साम्पा र गुरुदोङ्मार उपत्यकाको सोरा फनेलमा संरचनात्मक न्यूनीकरण विकल्पहरूको मूल्याङ्कन गर्दै छन् भने प्रारम्भिक चेतावनी प्रणाली (Early Warning System) र दीर्घकालीन सुरक्षा उपायहरूको योजना पनि बनाइरहेका छन्।

Chumilamcha lake below a sheer 1 km high hanging glacier

यो पनि पढ्नुहोस्: ल्होनाक उपत्यकामा जीएलओएफ रोकथामका लागि अध्ययन; डोल्मा साम्पा क्षेत्रलाई जलधारण क्षेत्र बनाउन मिल्ने देखियो सम्भावना

यी अध्ययनबाट आएका निष्कर्षहरूले भविष्यमा सिक्किमलाई विपत्तिसँग लड्न पूर्व तयारी गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्। केन्द्र र राज्यको विशेषज्ञता, सैन्य सहयोग र स्थानीय सहभागितालाई समेटेर बनाइएको “होल-अफ्-गभर्नमेन्ट” दृष्टिकोणले विशेष स्थल-विशिष्ट समाधानहरू प्रदान गर्ने अपेक्षा गरिएको छ। यसको अन्तिम उद्देश्य टिस्टा र रङ्गित नदीका तलतिर बसोबास गर्ने मानिसहरूको सुरक्षा गर्नु र कमजोर हिमाली क्षेत्रको जलवायु प्रतिरोध क्षमता सुदृढ गर्नु हो।

परिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *