दार्जिलिङ चिडियाखानामा जन्मिए रेड पान्डा, हिमचितुवा, घोरललगायत अन्य जनावरहरूका धेरै बच्चा
दार्जिलिङ, ३१ अगस्ट: दार्जिलिङ चिडियाखाना नामले परिचित पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कमा धेरै नवजात जनावरहरूको जन्म भएको बताइएको छ। पछिल्ला दुई महिनामा, चिडियाखानाको संरक्षण प्रजनन केन्द्रमा धेरै जनावरहरूले बच्चा जन्माएको थाहा लागेको छ। निक्की र प्रसन्ना नाम दिइएको दुईवटा रेडपान्डाले चारवटा बच्चा जन्माइसकेका छन् भने हिमचितुवा राहलाले पनि दुईवटा बच्चा जन्माएको बताइएको छ। यी बाहेक…