N.B. Ghimirey

एनबी घिमिरेको नामले परिचित नरबहादुर छेत्री सिक्किम जनखबरका संस्थापक सम्पादक हुन्। उनले २०२४-को जनवरीदेखि सिक्किममा आधारित यस डिजिटल मिडिया प्लेटफर्मलाई सञ्चालन गर्दै आइरहेका छन्। उनी अहिले यसका प्रधान सम्पादक हुन्। एनबी घिमिरेले यस अघि पनि विभिन्न मिडिया हाउससँग सम्बन्धित रहेर काम गरिसकेका छन्।

स्टार मल प्रवेश प्रकरणमा गणेश राईसहित सीएपी नेताहरूविरुद्ध प्राथमिकी दर्ता

गान्तोक, ८ अप्रिल: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-का अध्यक्ष गणेशकुमार राई र पार्टीका अन्य सदस्यहरूविरुद्ध राजधानी गान्तोकस्थित सदर पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ। सोमबार न्यू मार्केटस्थित निर्माणाधीन स्टार मलमा गैरकानुनी रूपमा प्रवेश गरेको र धम्की दिएको आरोपमा यो मुद्दा दर्ता भएको हो। पुलिस स्रोतका अनुसार, सिच्छे निवासी तथा मूल रूपमा नामथाङ, लोवर पाम्फोकका…

पूरा पढ्नुहोस्

एमजी मार्गमा सीएपी सिक्किम र एसकेएम समर्थकहरूबीच झ्याउला

गान्तोक,७ अप्रिल: राजधानी गान्तोकको एमजी मार्गमा आज सिटिजन एक्शन पार्टी, सिक्किम (सीएपी) र कथित रूपमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाका समर्थकहरूबीच झ्याउला भएको छ। सीएपीका अध्यक्ष गणेशकुमार राई पत्रकारहरूलाई सम्बोधन गरिरहेका बेला केही युवकहरू आएर विरोध जनाएका थिए। यस क्रममा दुई पक्षबीच भनाभन भएपछि केही समयका लागि स्थिति तनाउपूर्ण बनेको थियो। यद्यपि, कुनै अप्रिय घटना भने…

पूरा पढ्नुहोस्

सिक्किममा भारतीय जनता पार्टीको ४६औँ स्थापना दिवस पालन

सिङ्ताम, ६ अप्रिल: सिङ्ताममा भारतीय जनता पार्टीले आफ्नो ४६औं स्थापना दिवस मनाएको छ। कार्यक्रम सिङ्तामस्थित पार्टी मुख्यालयमा सिक्किम प्रदेश भाजपाले आयोजना गरेको थियो। कार्यक्रममा भमजपाका सिक्किम प्रदेश अध्यक्ष तथा पूर्व विधायक डीआर थापा, पार्टीका शीर्ष पदाधिकारीहरू र कार्यकर्ताहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भारतीय जनता पार्टी कुनै एक व्यक्ति वा नेताको सोचमा आधारित…

पूरा पढ्नुहोस्

सिक्किम आइपुगेन भारत दाल योजनाअन्तर्गतको सब्सिडीयुक्त दाल, राज्यसभा सांसदले उठाए प्रश्न

गान्तोक, २१ मार्च: केन्द्र सरकारले भारत दाल उत्पादन स्वावलम्बन अभियानअन्तर्गत सब्सिडीयुक्त दाल उपलब्ध गराइएको दाबी गरे तापनि सिक्किममा ती दालहरू अझै नपुगेको भन्दै प्रश्न उठ्न थालेको छ। यो योजना जुलाई २०२३-मा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयद्वारा सुरु गरिएको हो, जसको उद्देश्य उपभोक्ताहरूलाई सस्तो मूल्यमा दाल उपलब्ध गराउनुका साथै देशलाई आत्मनिर्भर बनाउनु हो। सुरुमा…

पूरा पढ्नुहोस्

मंगन-जङ्गु सडक मार्गलाई जोड्ने नवनिर्मित साङ्कलाङ पुल उद्घाटित; टुङ-नागा सडक ३१ जनवरीसम्म बन्द रहने

मंगन, २ जनवरी: उत्तर सिक्किमको मंगन-जङ्गु सडक मार्गलाई जोड्ने नवनिर्मित साङ्कलाङ बेली पुलको उद्घाटन आज मंगन जिल्लाकी जिल्ला उपाध्यक्ष सोनाम किपा भोटियाले गरेकी छन्। उद्घाटन कार्यक्रममा ७२ इन्जिनियर रेजिमेन्टका कमान्डिङ अफिसर कर्नेल आलोक शङ्कर र १०७ आरसीसीका अफिसर कमान्डिङ मेजर रामलखन तेवतियाको उपस्थिति रहेको थियो भने जङ्गु क्षेत्रका जिल्ला तथा पञ्चायत सदस्यहरू, जीआरइएफ, बीआरओ-का अधिकारीहरू…

पूरा पढ्नुहोस्

ल्होनाक उपत्यकामा जीएलओएफ रोकथामका लागि अध्ययन; डोल्मा साम्पा क्षेत्रलाई जलधारण क्षेत्र बनाउन मिल्ने देखियो सम्भावना

मुगुथाङ, १ डिसेम्बर: उत्तर सिक्किमको मंगन जिल्लामा रहेका बाढीका खतरा भएका हिमताल र त्यसको न्यूनीकरणका सम्भावनाहरू अध्ययन गर्न गएको अध्ययन टोली पाँचौँ दिनको यात्रामा ल्होनाक उपत्यका पुगेको छ। अध्ययन टोलीले ल्होनाक उपत्यकाको डोल्मा साम्पा क्षेत्रमा प्रस्तावित जलधारण क्षेत्र (Retention Site) संरचना बनाउन मिल्ने सम्भावना हेर्ने काम सम्पन्न गरेको छ। यो संरचनाले भविष्यमा हिमताल विस्फोट बाढी…

पूरा पढ्नुहोस्

उपचुनाउका लागि एसकेएम उम्मेदवारको नाम घोषणा: सोरेङ च्याखुङमा आदित्य गोले र नाम्ची सिङ्गिथाङमा सतिशचन्द्र राई

गान्तोक, २० अक्टोबर: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले आज एउटा प्रेस सम्मेलन गरेर आधिकारिक रूपमा आगामी उपचुनाउका लागि सोरेङ-च्याखुङको उम्मेदवारको रूपमा आदित्य गोले तामाङ र नाम्ची-सिङ्गिथाङको उम्मेदवारको रूपमा सतिशचन्द्र राईको नाम घोषणा गरेको छ। पत्रकार सम्मेलनमा मुख्यमन्त्री प्रेमसिंह तमाङका राजनैतिक सचिव जेकब खालिङले पार्टीको उक्त घोषणा सार्वजनिक गरेका हुन्। एसकेएमको संसदीय बोर्डले मुख्यमन्त्रीलाई आफ्नो रिपोर्ट आज…

पूरा पढ्नुहोस्

सरकारी कर्मचारीहरूले वेतन नपाएको भन्दै एसपीवाईएफले उठायो सरकारमाथि प्रश्न

गान्तोक, ८ अक्टोबर: सिक्किम प्रोग्रेसिभ युथ फोरम (एसपीवाईएफ)-ले सरकारी कर्मचारीहरूले दसैँ सुरु हुनै लाग्दा पनि वेतन नपाएको भन्दै सिक्किम सरकारमाथि प्रश्न उठाएको छ। प्रत्येक सरकारी कर्मचारीको वेतन नियमित समयमा प्रदान गरिनुपर्छ भन्दै एकजना कर्मचारीले महिनाभरी श्रम गरेपछि महिनाको अन्त्यमा वेतन पाउनु उसको अधिकार रहेको फोरमले उल्लेख गरेको छ। मुख्यमन्त्रीले दसैँअघि कर्मचारीहरूले वेतन पाउने भने तापनि…

पूरा पढ्नुहोस्

जनजाति मान्यताको मागका लागि सिक्किम-दार्जिलिङका प्रतिनिधिहरूको संयुक्त बैठक

सिलगढी, ६ अक्टोबर: सिक्किम, दार्जिलिङ लगायत अन्य गोर्खा/नेपाली बहुल क्षेत्रमा बसोबास गर्ने तर जनजातिको मान्यता पाउनबाट छुटेका १२ समुदायलाई जनजातिको मान्यता दिलाउनु पर्ने मागलाई लिएर सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा सिक्किम र दार्जिलिङका नेताहरूबिच एउटा संयुक्त बैठक आइतबार सिलगढीमा सम्पन्न भयो। बैठकमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, दार्जिलिङका लोकसभा सांसद राजु विष्ट, सिक्किमका लोकसभा सांसद इन्द्रहाङ…

पूरा पढ्नुहोस्

सिङसोर पुललाई ग्लास स्काइवाकमा रूपान्तरण गर्न स्वीकृति; सवारी आवागमन अस्थायी रूपमा बन्द

गेजिङ, २३ सेप्टेम्बर: भारत सरकारको उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालय (डोनर)-ले देन्तामस्थित प्रसिद्ध सिङसोर झोलुङ्गे पुललाई ग्लास-डेक स्काइवाकमा रूपान्तरण गर्न स्वीकृति दिएको छ। यो परियोजना सिक्किम सरकारको पर्यटन एवम् नागरिक उड्डयन विभागले निरीक्षण गरिरहेको छ। यसको उद्देश्य पुललाई प्रमुख पर्यटकीय आकर्षणको रूपमा विकास गर्नु रहेको बताइएको छ। सिक्किम सरकारको पर्यटन एवम् नागरिक उड्डयन विभागका प्रमुख…

पूरा पढ्नुहोस्