सिक्किममा संविधान हत्या दिवस मनाइयो, आपतकाल घोषणा भएको ५० वर्ष पूरा
गान्तोक, २५ जून: भारतभर आपतकाल घोषणा भएको ५० वर्ष पूरा भएको अवसरमा सिक्किममा पनि ‘संविधान हत्या दिवस’ आज विभिन्न कार्यक्रमसहित मनाइएको छ। मुख्य कार्यक्रम गान्तोकस्थित मानन केन्द्रमा आयोजना गरिएको थियो, जसमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। भारत सरकारको गृह मन्त्रालयको निर्देशनअनुसार, यो दिवस राज्यका सबै जिल्ला, विद्यालय र महाविद्यालयहरूमा पनि मनाइएको छ।…