SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

गोर्खाको मुद्दामा दिल्लीमा महत्त्वपूर्ण वार्ता सम्पन्न; बङ्गाल सरकार भएन सहभागी

नयाँ दिल्ली, ३ अप्रिल: गोर्खाहरूको मुद्दालाई लिएर भारत सरकारको गृह मन्त्रालयमा एउटा महत्त्वपूर्ण वार्ता सम्पन्न भयो। वार्तामा दार्जिलिङ, तराई र डुवर्स क्षेत्रसित सम्बन्धित प्रमुख मुद्दाहरूलाई उठाइएको र त्यसमाथि विस्तृत रूपमा छलफल भयो। त्रिपक्षीय वार्ता भनिए तापनि राज्य पक्षबाट कुनै प्रतिनिधिको उपस्थिति रहेन। वार्ताको अध्यक्षता गृह राज्यमन्त्री (उत्तर), नित्यानन्द रायले गरेका थिए। बैठकमा अन्य वरिष्ठ अधिकारीहरू,…

पूरा पढ्नुहोस्

सिक्किमका १२ समुदायको अनुसूचित जनजाति मान्यतासम्बन्धी उच्चस्तरीय समितिको अन्तिम बैठक सम्पन्न

  गान्तोक, ०३ अप्रिल: सिक्किमका १२ छुटेका समुदायलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने विषयमा गठित सिक्किम राज्य उच्चस्तरीय समिति (Sikkim State High-Level Committee – SSHLC) को चौथो तथा अन्तिम बैठक आज चिन्तन भवनमा सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए। कार्यक्रममा मन्त्री अरुणकुमार उप्रेती, सिक्किम राज्य उच्चस्तरीय समितिका अध्यक्ष र उपाध्यक्ष, ईआईसीसीओएस+१ (EICCOS+1)…

पूरा पढ्नुहोस्

जोरथाङ आइरिसेस क्रिकेट क्लब बन्यो सिका ‘ए’ डिभिजन पुरुष क्रिकेट प्रतियोगिता २०२५-को विजेता

रम्फू, ३ अप्रिल: सिक्किम क्रिकेट एसोसिएसन (SICA) ‘ए’ डिभिजन पुरुष क्लब टुर्नामेण्ट २०२५-को पाँचौँ संस्करण बिहीबार सम्पन्न भयो। बिहीबार भएको फाइनल खेलमा जोरथाङस्थित आइरिसेस क्रिकेट क्लबले क्रिकेट एसोसिएसन अफ् ताथाङ्चेन (CAT)-लाई ३८ रनले पराजित गर्दै उपाधि जित्न सफल भयो। फाइनल खेल सिक्किम क्रिकेट ग्राउण्ड, माइनिङमा सम्पन्न भएको हो। पहिले ब्याटिङ गर्दै आइरिसेस क्रिकेट क्लबले ४०…

पूरा पढ्नुहोस्

एआई प्रणालीले समस्या निम्त्याएको भन्दै चालकहरूको विरोध, कर वृद्धि विषयमा पुनर्विचार गरिनुपर्ने माग

गान्तोक, २ अप्रिल: सिक्किम सरकारको परिवहन विभागले प्रयोग गरिरहेको एआई (AI) प्रणालीले झन् समस्या बढाएको भन्दै राज्यका विभिन्न ठाउँका चालकहरू आक्रोशित छन्। उनीहरूले एआईमार्फत पटकपटक गलत चलान काटिएको आरोप लगाउँदै तत्काल यसको प्रयोग स्थगित गर्न माग गरेका छन्। गत साता एक चारपाङ्ग्रे ट्याक्सीलाई “हेलमेट नलगाएको” आरोपमा एआईले चलान काटेको घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको…

पूरा पढ्नुहोस्

सामसन तामाङको जमानत याचिका न्यायालयले गर्‍यो पुनः खारेज

गान्तोक, १ अप्रिल: सामसन तामाङको दोस्रो जमानत याचिकामाथि आज प्रमुख जिल्ला तथा सत्र न्यायालयमा सुनुवाइ भएको थियो भने न्यायालयले त्यसलाई खारेज गरेको छ। न्यायालयमा सिक्किम राज्यको तर्फबाट सरकारकी अधिवक्ता ज्योति सुब्बाले बहस प्रस्तुत गरेकी थिइन् भने अभियुक्त सामसन तामाङको तर्फबाट बीके गुप्ता उपस्थित थिए। दुवै पक्षको तर्क सुनेपछि न्यायालयले जमानत याचिका खारेज गरेको छ। यो…

पूरा पढ्नुहोस्

केन्द्र सरकारले आजदेखि गर्‍यो एकीकृत पेन्सन योजना लागू

केन्द्र सरकारले आजदेखि एकीकृत पेन्सन योजना (Unified Pension Scheme – UPS) लागू गरेको छ, जुन राष्ट्रिय पेन्सन प्रणाली (NPS)-को वैकल्पिक योजना हो। सरकारकाअनुसार, यस योजनाले करिब २३ लाख केन्द्र सरकारका कर्मचारीहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ। सरकारले गत २४ जनवरीमा यूपीएसको औपचारिक घोषणा गरेको थियो। पेन्सन फन्ड नियामक तथा विकास प्राधिकरण (PFRDA)-ले यस योजनासम्बन्धी आवश्यक नियमहरू जारी…

पूरा पढ्नुहोस्

बियाड युवा साहित्यिक संस्थानको चौथो स्थापना दिवस सम्पन्न: साहित्य र पत्रकारिताका हस्तीहरू सम्मानित

पाकिम, ३१ मार्च: पाकिम जिल्लाको बिरिङमा स्थापित बियाड युवा साहित्यिक संस्थानले आफ्नो चौथो स्थापना दिवस भव्य रूपमा पालन गरेको छ। कार्यक्रम पाकिम बजार नजिक रहेको सामुदायिक भवनको प्रेक्षालयमा आयोजना गरिएको थियो। स्थापना दिवसको अवसरमा साहित्य र पत्रकारिता क्षेत्रका चार विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। बियाड साहित्य सेवा सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक डिल्लीप्रसाद अधिकारीलाई प्रदान…

पूरा पढ्नुहोस्

यसपटकको बजेट जनताको हितविपरीत, कुनै उल्लेखनीय योजनाहरू छैन: सीएपी

गान्तोक, २९ मार्च: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-ले एसकेएम सरकारले प्रस्तुत गरेको २०२५-२६ को वार्षिक बजेटलाई जनताको हितविपरीत बताएको छ। आज राजधानी गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ताहरू अल्बर्ट गुरुङ र महेश राईले राज्य विधानसभाले हिजो मात्र पारित गरेको १६,१९६ करोडको बजेट सिक्किम र सिक्किमे जनताको हितमा नभई केवल सरकारको सञ्चालनका लागि ल्याइएको बजेट…

पूरा पढ्नुहोस्

सिक्किम राज्य सहकारी सङ्घद्वारा राज्यस्तरीय सहकारी प्रवर्द्धन तथा विकास सम्मेलन आयोजित, उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गर्ने मुख्यमन्त्रीको घोषणा

पाकिम, २९ मार्च: सिक्किम राज्य सहकारी सङ्घ (SICUN)-को सम्मेलन हलमा आज सिक्किम राज्यमा सहकारी प्रवर्द्धन तथा विकाससम्बन्धी राज्यस्तरीय सम्मेलन सम्पन्न भयो। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रम राष्ट्रिय सहकारी सङ्घ भारत (NCUI), नयाँ दिल्लीले सिक्किम राज्य सहकारी सङ्घ (SICUN) र सिक्किम सरकारको सहकारी विभागको सहकार्यमा आयोजना गरेको थियो। मुख्यमन्त्रीले आफ्नो…

पूरा पढ्नुहोस्

म्यानमार भूकम्प: मृत्यु सङ्ख्या ८०० नाघ्यो, थप बढ्ने अनुमान

म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्न सक्ने अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS)-ले भूकम्पको प्रभाव विश्लेषण गर्दै यस्तो प्रक्षेपण गरेको हो। भूकम्पको धक्का थाइल्याण्ड, बङ्गलादेश, चीन, र भारतसम्म महसुस गरिएको थियो। ब्लूमबर्गका अनुसार, म्यानमारको सैन्य सरकारले अहिलेसम्म ८०० भन्दा बढीको मृत्यु पुष्टि गरेको छ भने २,००० भन्दा बढी…

पूरा पढ्नुहोस्