स्टार मल प्रवेश प्रकरणमा गणेश राईसहित सीएपी नेताहरूविरुद्ध प्राथमिकी दर्ता

गान्तोक, ८ अप्रिल: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-का अध्यक्ष गणेशकुमार राई र पार्टीका अन्य सदस्यहरूविरुद्ध राजधानी गान्तोकस्थित सदर पुलिस थानामा प्राथमिकी दर्ता गरिएको छ। सोमबार न्यू मार्केटस्थित निर्माणाधीन स्टार मलमा गैरकानुनी रूपमा प्रवेश गरेको र धम्की दिएको आरोपमा यो मुद्दा दर्ता भएको हो। पुलिस स्रोतका अनुसार, सिच्छे निवासी तथा मूल रूपमा नामथाङ, लोवर पाम्फोकका…

पूरा पढ्नुहोस्

एमजी मार्गमा सीएपी सिक्किम र एसकेएम समर्थकहरूबीच झ्याउला

गान्तोक,७ अप्रिल: राजधानी गान्तोकको एमजी मार्गमा आज सिटिजन एक्शन पार्टी, सिक्किम (सीएपी) र कथित रूपमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाका समर्थकहरूबीच झ्याउला भएको छ। सीएपीका अध्यक्ष गणेशकुमार राई पत्रकारहरूलाई सम्बोधन गरिरहेका बेला केही युवकहरू आएर विरोध जनाएका थिए। यस क्रममा दुई पक्षबीच भनाभन भएपछि केही समयका लागि स्थिति तनाउपूर्ण बनेको थियो। यद्यपि, कुनै अप्रिय घटना भने…

पूरा पढ्नुहोस्

सिक्किमका १२ समुदायको अनुसूचित जनजाति मान्यतासम्बन्धी उच्चस्तरीय समितिको अन्तिम बैठक सम्पन्न

  गान्तोक, ०३ अप्रिल: सिक्किमका १२ छुटेका समुदायलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने विषयमा गठित सिक्किम राज्य उच्चस्तरीय समिति (Sikkim State High-Level Committee – SSHLC) को चौथो तथा अन्तिम बैठक आज चिन्तन भवनमा सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेका थिए। कार्यक्रममा मन्त्री अरुणकुमार उप्रेती, सिक्किम राज्य उच्चस्तरीय समितिका अध्यक्ष र उपाध्यक्ष, ईआईसीसीओएस+१ (EICCOS+1)…

पूरा पढ्नुहोस्

एआई प्रणालीले समस्या निम्त्याएको भन्दै चालकहरूको विरोध, कर वृद्धि विषयमा पुनर्विचार गरिनुपर्ने माग

गान्तोक, २ अप्रिल: सिक्किम सरकारको परिवहन विभागले प्रयोग गरिरहेको एआई (AI) प्रणालीले झन् समस्या बढाएको भन्दै राज्यका विभिन्न ठाउँका चालकहरू आक्रोशित छन्। उनीहरूले एआईमार्फत पटकपटक गलत चलान काटिएको आरोप लगाउँदै तत्काल यसको प्रयोग स्थगित गर्न माग गरेका छन्। गत साता एक चारपाङ्ग्रे ट्याक्सीलाई “हेलमेट नलगाएको” आरोपमा एआईले चलान काटेको घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको…

पूरा पढ्नुहोस्

सामसन तामाङको जमानत याचिका न्यायालयले गर्‍यो पुनः खारेज

गान्तोक, १ अप्रिल: सामसन तामाङको दोस्रो जमानत याचिकामाथि आज प्रमुख जिल्ला तथा सत्र न्यायालयमा सुनुवाइ भएको थियो भने न्यायालयले त्यसलाई खारेज गरेको छ। न्यायालयमा सिक्किम राज्यको तर्फबाट सरकारकी अधिवक्ता ज्योति सुब्बाले बहस प्रस्तुत गरेकी थिइन् भने अभियुक्त सामसन तामाङको तर्फबाट बीके गुप्ता उपस्थित थिए। दुवै पक्षको तर्क सुनेपछि न्यायालयले जमानत याचिका खारेज गरेको छ। यो…

पूरा पढ्नुहोस्

यसपटकको बजेट जनताको हितविपरीत, कुनै उल्लेखनीय योजनाहरू छैन: सीएपी

गान्तोक, २९ मार्च: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-ले एसकेएम सरकारले प्रस्तुत गरेको २०२५-२६ को वार्षिक बजेटलाई जनताको हितविपरीत बताएको छ। आज राजधानी गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ताहरू अल्बर्ट गुरुङ र महेश राईले राज्य विधानसभाले हिजो मात्र पारित गरेको १६,१९६ करोडको बजेट सिक्किम र सिक्किमे जनताको हितमा नभई केवल सरकारको सञ्चालनका लागि ल्याइएको बजेट…

पूरा पढ्नुहोस्

सिक्किम विधानसभामा बजेट सत्र समापन, २०२५-२६-का लागि रु १६,१९६ करोडको बजेट पारित

गान्तोक, २८ मार्च: एघारौँ सिक्किम विधानसभाको दोस्रो अधिवेशन (भाग ३) अन्तर्गत बजेट सत्र २०२५-२६ को अन्तिम दिन आज रु १६,१९६ करोडको वार्षिक बजेट पारित गरिएको छ। सिक्किम विधानसभा सचिवालयमा सम्पन्न उक्त अधिवेशनमा राज्यको वित्तीय व्यवस्थापन र नीति निर्माणसम्बन्धी छलफल गरिएको थियो। सदनले यसै अवसरमा सिक्किम विनियोजन विधेयक, २०२५ पारित गर्‍यो, जुन मुख्यमन्त्री तथा वित्त विभागका…

पूरा पढ्नुहोस्

टिस्टा बाढी प्रभावित क्षेत्र पुनर्निर्माणका लागि सिक्किमलाई केन्द्र सरकारबाट ₹५५५.७० करोड राहत कोष स्वीकृत

गान्तोक, २८ मार्च: सिक्किममा अक्टोबर २०२३-मा आएको विनाशकारी ग्लेसियल लेक आउटबर्स्ट फ्लड (GLOF)-पछि पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि केन्द्र सरकारले राष्ट्रिय आपदा मोचन निधि (NDRF) अन्तर्गत ५५५.७० करोड रुपैयाँको वित्तीय सहायता स्वीकृत गरेको छ। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा बसेको उच्च-स्तरीय समितिले उक्त राहत कोष स्वीकृत गरेको हो। समितिमा केन्द्रीय अर्थमन्त्री, कृषिमन्त्री तथा…

पूरा पढ्नुहोस्

नयाँ विश्वविद्यालयमाथि कोमल चामलिङको प्रश्नपछि एसकेएमको उत्तर – “पूर्व मुख्यमन्त्रीले सरकारी खर्चमा छोरीलाई हार्वर्ड पढाएजस्तो होइन”

गान्तोक, २८ मार्च: सिक्किम विधानसभाको बजेट अधिवेशन २०२५-२६ शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले यसको स्वागत गरेको छ। एसकेएम प्रवक्ता सीपी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै राज्यको शिक्षा, स्वास्थ्य र समग्र विकासलाई केन्द्रमा राखेर विधानसभामा पारित प्रस्तावहरूलाई जनहितकारी भएको बताएका छन्। साथै, विपक्षीप्रति प्रहार गर्दै उनीहरूले गरिरहेको नयाँ विश्वविद्यालयहरूको विरोधलाई ‘दुर्भाग्यपूर्ण’…

पूरा पढ्नुहोस्

सिक्किम विधानसभाले पारित गर्‍यो विभिन्न क्षेत्रका लागि बजेट अनुदान

गान्तोक, २७ मार्च: ११औँ सिक्किम विधानसभाको द्वितीय सत्र (भाग-३) अन्तर्गत तेस्रो दिनको बैठक आज सिक्किम विधानसभा सचिवालयमा सम्पन्न भयो। बैठकमा विभिन्न विधेयकहरू पारित हुनुका साथै बजेटमाथि छलफल भयो। बैठकमा शिक्षा विभागका मन्त्रीद्वारा प्रस्तुत अटल बिहारी वाजपेयी स्किल युनिभर्सिटी सिक्किम विधेयक २०२५, सेङ्गोल इन्टरनेशनल युनिभर्सिटी विधेयक २०२५, र फ्युजन युनिभर्सिटी सिक्किम विधेयक २०२५ पारित भयो। यी…

पूरा पढ्नुहोस्