यसपटकको बजेट जनताको हितविपरीत, कुनै उल्लेखनीय योजनाहरू छैन: सीएपी
गान्तोक, २९ मार्च: सिटिजन एक्सन पार्टी – सिक्किम (सीएपी)-ले एसकेएम सरकारले प्रस्तुत गरेको २०२५-२६ को वार्षिक बजेटलाई जनताको हितविपरीत बताएको छ। आज राजधानी गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ताहरू अल्बर्ट गुरुङ र महेश राईले राज्य विधानसभाले हिजो मात्र पारित गरेको १६,१९६ करोडको बजेट सिक्किम र सिक्किमे जनताको हितमा नभई केवल सरकारको सञ्चालनका लागि ल्याइएको बजेट…