बियाड युवा साहित्यिक संस्थानको चौथो स्थापना दिवस सम्पन्न: साहित्य र पत्रकारिताका हस्तीहरू सम्मानित

पाकिम, ३१ मार्च: पाकिम जिल्लाको बिरिङमा स्थापित बियाड युवा साहित्यिक संस्थानले आफ्नो चौथो स्थापना दिवस भव्य रूपमा पालन गरेको छ। कार्यक्रम पाकिम बजार नजिक रहेको सामुदायिक भवनको प्रेक्षालयमा आयोजना गरिएको थियो। स्थापना दिवसको अवसरमा साहित्य र पत्रकारिता क्षेत्रका चार विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। बियाड साहित्य सेवा सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक डिल्लीप्रसाद अधिकारीलाई प्रदान…

पूरा पढ्नुहोस्

प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार लेखनाथ छेत्रीको ‘फुलाङ्गे’ उपन्यासलाई

सुकुना, ७ सेप्टेम्बर: सुकुना साहित्यिक सांस्कृतिक संस्थानले वरिष्ठ साहित्यकार नरबहादुर दाहालको कृति र कीर्तिलाई सदैव अमर राख्न उनको जन्मदिन तथा पुण्यतिथिलाई केन्द्रित गरी साहित्यकार नरबहादुर दाहाल स्मृति पुरस्कार प्रथमपल्ट युवा सर्जक लेखनाथ छेत्रीलाई उनको फुलाङ्गे उपन्यासका लागि प्रदान गरिने निश्चित गरेको छ। यो पुरस्कार युवा सर्जकको सर्वश्रेष्ठ कृतिलाई प्रदान गरी उनीहरूलाई साहित्य क्षेत्रमा अझ प्रोत्साहित…

पूरा पढ्नुहोस्

सिक्किमका कवि प्रवीण राई जुमेलीको मेडिटेसन-लाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार

सिलिगुडी, ५ सेप्टेम्बर: सिक्किमका कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जुमेलीका कविता सङ्ग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार दिइने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि…

पूरा पढ्नुहोस्

कवि राजा पुनियानी दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कारले पुरस्कृत

दार्जिलिङ, ३१ अगस्ट: कवि राजा पुनियानी दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कारले पुरस्कृत भएका छन्। उनी सुकुना निवासी हुन्। यो पुरस्कार साहित्यकार तथा राजनीतिज्ञ दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित पुरस्कार हो।  ३० अगस्ट २०२४  बिर्तामोड, नेपालमा आयोजित पुरस्कार अलङ्करण समारोहमा नेपाल र  भारतका कवि साहित्यकारहरूको बृहत् उपस्थिति थियो। नेम्बाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङको अध्यक्षता एवंम् प्रसिद्ध…

पूरा पढ्नुहोस्

डा हरिप्रसाद छेत्रीको पुस्तक ‘आत्मकथा’ लोकार्पित

गान्तोक, २५ अगस्ट: डा हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तक आज ६ माइल, तादोङस्थित हर्कमाया कलेज अफ एजुकेसनको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा राज्यको शिक्षा विभागका मन्त्री राजु बस्नेत उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री राजु…

पूरा पढ्नुहोस्