सिक्किममा तिमी चिया बगानपछि दोस्रो ठूलो चिया बगान बन्ने मार्गमा पारखा; सांसद लेप्चाले गरे स्थलगत निरीक्षण

पारखा, १७ अप्रिल: सिक्किममा तिमी चिया बगानपछि दोस्रो ठूलो चिया बगानको रूपमा स्थापित हुने मार्गमा नाथाङ-माचोङ निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लिङ्के-पारखा अघि बढिरहेको छ। यहाँ चिया खेती अघिबाटै सुरु भइसकेको छ भने अब चिया प्रशोधन इकाई (Processing Unit) वा कारखाना पनि सुरु हुने भएको छ।

पूरा पढ्नुहोस्

बियाड युवा साहित्यिक संस्थानको चौथो स्थापना दिवस सम्पन्न: साहित्य र पत्रकारिताका हस्तीहरू सम्मानित

पाकिम, ३१ मार्च: पाकिम जिल्लाको बिरिङमा स्थापित बियाड युवा साहित्यिक संस्थानले आफ्नो चौथो स्थापना दिवस भव्य रूपमा पालन गरेको छ। कार्यक्रम पाकिम बजार नजिक रहेको सामुदायिक भवनको प्रेक्षालयमा आयोजना गरिएको थियो। स्थापना दिवसको अवसरमा साहित्य र पत्रकारिता क्षेत्रका चार विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। बियाड साहित्य सेवा सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक डिल्लीप्रसाद अधिकारीलाई प्रदान…

पूरा पढ्नुहोस्

सिक्किम राज्य सहकारी सङ्घद्वारा राज्यस्तरीय सहकारी प्रवर्द्धन तथा विकास सम्मेलन आयोजित, उत्कृष्ट सहकारी संस्थालाई पुरस्कृत गर्ने मुख्यमन्त्रीको घोषणा

पाकिम, २९ मार्च: सिक्किम राज्य सहकारी सङ्घ (SICUN)-को सम्मेलन हलमा आज सिक्किम राज्यमा सहकारी प्रवर्द्धन तथा विकाससम्बन्धी राज्यस्तरीय सम्मेलन सम्पन्न भयो। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रम राष्ट्रिय सहकारी सङ्घ भारत (NCUI), नयाँ दिल्लीले सिक्किम राज्य सहकारी सङ्घ (SICUN) र सिक्किम सरकारको सहकारी विभागको सहकार्यमा आयोजना गरेको थियो। मुख्यमन्त्रीले आफ्नो…

पूरा पढ्नुहोस्

सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजनाअन्तर्गत पाँच लाभार्थीहरूले पाए जमिन

पाकिम, ९ सेप्टेम्बर: मुख्यमन्त्री सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजनाअन्तर्गत नामचेबुङ निर्वाचन क्षेत्रअन्तर्गत सुमिन लिन्जे ग्राम पञ्चायत इकाई (जीपीयू)-का पाँच लाभार्थीहरूलाई ४०x६० फिट (२४०० वर्ग फीट)-को जमिन आवन्टित गरिएको छ। आफ्नो जीवनको गुणस्तर बढाउन र आफ्नो र आफ्नो परिवारका लागि राम्रो भविष्य सुरक्षित गर्न प्रयासरत गरिबीको रेखामुनि रहेकाहरूका लागि यो पहल गरिएको हो। यसका लागि नाम्चेबुङका…

पूरा पढ्नुहोस्

सरमसामा राज्यस्तरीय सामुहिक तीज उत्सव भव्यताका साथ पालन; जङ्गु समष्टि बन्यो राज्यस्तरीय तीज नृत्य प्रतियोगिताको विजेता

पाकिम, ८ सेप्टेम्बर: आज सरमसा उद्यानमा राज्यस्तरीय सामुहिक तीज उत्सव भव्यताका साथ सम्पन्न भयो। पारम्परिक एवम् सांस्कृतिक पोशाकमा हजारौँ महिलाहरूको उपस्थिति रहेको सामुहिक राज्य स्तरीय तीज उत्सवमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले, सम्पूर्ण सिक्किमेली नारीहरूलाई तीजको हार्दिक बधाई एवम् शुभकानमा व्यक्त गरे। मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा,…

पूरा पढ्नुहोस्

दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु

पाकिम, ५ सेप्टेम्बर: पाकिम जिल्लाअन्तर्गत दलपचन्दमा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा चारजना जवानको मृत्यु भएको छ। वाहन पश्चिमी बङ्गालको पेदोङबाट सिक्किमको जलुकतर्फ गइरहेको सेनाको वाहन रिनाक-रङ्गेली राजमार्गको दलपचन्द डाँडाबाट लगभग ८०० फिट तल खसेर दुर्घटनाग्रस्त बनेको हो। यस दुर्घटनामा परेर सेनाका चालक मध्यप्रदेश निवासी प्रदीप पटेल, इम्फाल निवासी सीएफएन डब्ल्यू पिटर, हरियाणा निवासी नायक गुरसिव सिंह…

पूरा पढ्नुहोस्

सिक्किम राज्य सहकारी सङ्घका नवनिर्वाचित अध्यक्ष डा मङ्गलजित राईसहित अन्य पदाधिकारीहरूले लिए सपथ

पाकिम, ४ सेप्टेम्बर: सिक्किम राज्य सहकारी सङ्घका नवनिर्वाचित अध्यक्ष डा मङ्गलजित राई, उपाध्यक्ष पूर्णप्रसाद शर्मालगायत सङ्घको निर्देशक मण्डलीका सदस्यहरूले आफ्नो पदको शपथ लिएका छन्। बुधबार पाकिम जिल्लाअन्तर्गत सिक्किम राज्य सहकारी सङ्घको कार्यलय परिसरमा स्थित प्रेक्षागृहमा आयोजित शपथ ग्रहण समारोहमा सिक्किम सरकारको सहकारिता विभागकी सचिव ग्लोरिया नाम्छुले नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराएकी थिइन्। कार्यक्रममा सङ्घका नवनिर्वाचित…

पूरा पढ्नुहोस्

खेतीयोग्य बाँझो जमिनलाई उत्पादनशील बनाउने अभियानमा पाकिम जिल्ला; बाँझो जमिन खन्दै सरकारी कर्मचारी

पाकिम, ३ सेप्टेम्बर: “जमिनदारहरूसँग हामी खुसी छैनौँ। हामीले कोसिस गर्‍यौँ। तर मेरो जमिन बाँझो छ त, सरकार र विभागलाई के खाँचो पर्‍यो भन्नुभयो। समय आउँछ, सिक्किममा जमिनका लागि कानुन बन्नुपर्छ। जसले पाखुरा चलाउँछ, उसले त्यो बाँझो जमिनबाट राष्ट्रका लागि अन्न उत्पादन गर्न पाउनुपर्छ। अन्न उत्पादन गर्नु भनेको आफ्नो भुँडी मात्रै भर्नु होइन। जमिन धेरै हुनेहरूले…

पूरा पढ्नुहोस्

अक्टोबर दोस्रो हप्तादेखि पाकिमबाट हवाई सेवा सञ्चालन हुन सक्ने सम्भावना, अन्तर्राष्ट्रिय सेवाका लागि पनि चलिरहेको छ तयारी

पाकिम, २ सेप्टेम्बरः पाकिमबाट नयाँ दिल्ली र कोलकता बाहेक हैदरावाद, बैंगलोर र गुवाहाटीको सेवा चाँडै सञ्चालन गर्ने तयारी चलिरहेको छ भने अन्तर्राष्ट्रिय सेवाका रूपमा भुटानको ड्रुक एयर र नेपालको बुद्ध एयरले पनि पाकिममा सेवा सुरु गर्नसक्ने प्रबल सम्भावना रहेको एयरपोर्ट अथरिटी अफ् इण्डियाको पाकिमका निर्देशक सञ्जीव कुमार सिंहले जानकारी दिएका छन्। एक दिनमा लगभग एक…

पूरा पढ्नुहोस्

अक्टोबरदेखि सुरु हुने पाकिम विमानस्थलबाट कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा

पाकिम, १ सेप्टेम्बर: सिक्किमको नागरिक उड्डयन क्षेत्रका लागि खुसीको खबर आएको छ। पाकिम विमानस्थलले अब कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा सञ्चालन गर्ने भएको छ। यो जानकारी पाकिम विमानस्थलका निर्देशक सञ्जीव कुमार सिंहले मिडियालाई दिएका छन्। इन्डिगो कम्पनीले आगामी अक्टोबरदेखि यो सेवा सञ्चालन गर्नेछ। यस सेवाका लागि इन्डिगो कम्पनीको उच्चस्तरीय टोलीले सेप्टेम्बरको पहिलो…

पूरा पढ्नुहोस्