गोर्खाको मुद्दामा दिल्लीमा महत्त्वपूर्ण वार्ता सम्पन्न; बङ्गाल सरकार भएन सहभागी

नयाँ दिल्ली, ३ अप्रिल: गोर्खाहरूको मुद्दालाई लिएर भारत सरकारको गृह मन्त्रालयमा एउटा महत्त्वपूर्ण वार्ता सम्पन्न भयो। वार्तामा दार्जिलिङ, तराई र डुवर्स क्षेत्रसित सम्बन्धित प्रमुख मुद्दाहरूलाई उठाइएको र त्यसमाथि विस्तृत रूपमा छलफल भयो। त्रिपक्षीय वार्ता भनिए तापनि राज्य पक्षबाट कुनै प्रतिनिधिको उपस्थिति रहेन। वार्ताको अध्यक्षता गृह राज्यमन्त्री (उत्तर), नित्यानन्द रायले गरेका थिए। बैठकमा अन्य वरिष्ठ अधिकारीहरू,…

पूरा पढ्नुहोस्

सामसन तामाङको जमानत याचिका न्यायालयले गर्‍यो पुनः खारेज

गान्तोक, १ अप्रिल: सामसन तामाङको दोस्रो जमानत याचिकामाथि आज प्रमुख जिल्ला तथा सत्र न्यायालयमा सुनुवाइ भएको थियो भने न्यायालयले त्यसलाई खारेज गरेको छ। न्यायालयमा सिक्किम राज्यको तर्फबाट सरकारकी अधिवक्ता ज्योति सुब्बाले बहस प्रस्तुत गरेकी थिइन् भने अभियुक्त सामसन तामाङको तर्फबाट बीके गुप्ता उपस्थित थिए। दुवै पक्षको तर्क सुनेपछि न्यायालयले जमानत याचिका खारेज गरेको छ। यो…

पूरा पढ्नुहोस्

सांसद बिष्टले संसदमा उत्तर बङ्गालमा एम्स स्थापनाको गरे माग

दार्जिलिङ, २७ मार्च: दार्जिलिङका लोकसभा सांसद राजु बिष्टले संसदमा उत्तर बङ्गालको सरकारी स्वास्थ्य सेवाबारे गम्भीर प्रश्न उठाउँदै सिलगढीमा अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) स्थापनाको माग गरेका छन्। उनले उत्तर बङ्गालका दार्जिलिङ, कालेबुङ, आलिपुरद्वार, जलपाइगढी, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदा जिल्लाका करिब आठ करोड जनसङ्ख्या अझै पनि आधारभूत स्वास्थ्य सुविधाको अभावमा सङ्घर्षरत रहेको औँल्याए।…

पूरा पढ्नुहोस्

२ अप्रिलमा दिल्लीमा त्रिपक्षीय वार्ता, सांसद राजु विष्टले जनाए सकारात्मक अपेक्षा

दार्जिलिङ, २६ मार्च: आगामी २ अप्रिलमा नयाँ दिल्लीमा त्रिपक्षीय वार्ता आयोजना हुने दार्जिलिङका सांसद राजु विष्टले बताएका छन्। उनले गृह मन्त्रालयले केन्द्र सरकार, दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका सबै सरोकारवालाहरू तथा पश्चिम बंगाल सरकार सम्मिलित दोस्रो चरणको त्रिपक्षीय वार्ता गराउने जानकारी दिएका छन्। वार्ता २ अप्रिल, २०२५-का दिन बिहान ११ बजे, नयाँ दिल्लीको नर्थ…

पूरा पढ्नुहोस्

जनजातिको मागका लागि एथनोग्राफिक रिपोर्ट बनाउन समिति गठित; सबै समुदायको संयुक्त रिपोर्ट बनाइने

गान्तोक, २० अक्टोबरः सिक्किम र पश्चिम बङ्गालको गोर्खा बहुल क्षेत्रमा बसोबास गर्ने जनजाति बन्नबाट छुटेका नेपाली/गोर्खा समुदायलाई अनुसूचित जनजातिको मान्यता दिलाउन गठन गरिएको जोइन्ट एक्सन कमिटीको दोस्रो बैठकले छुटेका समुदायको एथनोग्राफिक रिपोर्ट तयार पार्नका लागि एथनोग्राफिक समिति गठन गरेको छ। आइतबार गान्तोममा भएको बैठकमा दुवै राज्यका लागि कूल ११ सदस्यीय समिति गठन गरिएको बताइएको छ।…

पूरा पढ्नुहोस्

जनजाति मान्यताको मागका लागि सिक्किम-दार्जिलिङका प्रतिनिधिहरूको संयुक्त बैठक

सिलगढी, ६ अक्टोबर: सिक्किम, दार्जिलिङ लगायत अन्य गोर्खा/नेपाली बहुल क्षेत्रमा बसोबास गर्ने तर जनजातिको मान्यता पाउनबाट छुटेका १२ समुदायलाई जनजातिको मान्यता दिलाउनु पर्ने मागलाई लिएर सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा सिक्किम र दार्जिलिङका नेताहरूबिच एउटा संयुक्त बैठक आइतबार सिलगढीमा सम्पन्न भयो। बैठकमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, दार्जिलिङका लोकसभा सांसद राजु विष्ट, सिक्किमका लोकसभा सांसद इन्द्रहाङ…

पूरा पढ्नुहोस्

कहाँ पुग्यो जनजाति मान्यताको माग? मानेको छैन आरजीआई, दिएको छैन राज्य सरकारले माझी समुदायको प्रस्ताव, जनजाति मन्त्रालयले दियो जवाफ

गान्तोक, १२ सेप्टेम्बर: रेजिस्ट्रार जनरल अफ इन्डिया (आरजीआई)-ले सिक्किमका ११ समुदायलाई अनुसूचित जनजातिको मान्यता प्रदान गर्ने सम्बन्धमा पहिला नै जाँच गरिसकेको तर ‘सिफारिसका लागि कन्सिडर’ नै नगरेको बताइएको छ। सिक्किमका राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले सिक्किमका ११+१ समुदायलाई अनुसूचित जनजातिको मान्यता दिनुपर्ने सम्बन्धमा २९ जुलाई २०२४-को दिन राज्यसभामा उठाएको विषयमा १० सेप्टेम्बरको दिन केन्द्रीय जनजाति…

पूरा पढ्नुहोस्

प्रथम नरबहादुर दाहाल स्मृति पुरस्कार लेखनाथ छेत्रीको ‘फुलाङ्गे’ उपन्यासलाई

सुकुना, ७ सेप्टेम्बर: सुकुना साहित्यिक सांस्कृतिक संस्थानले वरिष्ठ साहित्यकार नरबहादुर दाहालको कृति र कीर्तिलाई सदैव अमर राख्न उनको जन्मदिन तथा पुण्यतिथिलाई केन्द्रित गरी साहित्यकार नरबहादुर दाहाल स्मृति पुरस्कार प्रथमपल्ट युवा सर्जक लेखनाथ छेत्रीलाई उनको फुलाङ्गे उपन्यासका लागि प्रदान गरिने निश्चित गरेको छ। यो पुरस्कार युवा सर्जकको सर्वश्रेष्ठ कृतिलाई प्रदान गरी उनीहरूलाई साहित्य क्षेत्रमा अझ प्रोत्साहित…

पूरा पढ्नुहोस्

सिक्किमका कवि प्रवीण राई जुमेलीको मेडिटेसन-लाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार

सिलिगुडी, ५ सेप्टेम्बर: सिक्किमका कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जुमेलीका कविता सङ्ग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार दिइने निधो गरेको हो। हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि…

पूरा पढ्नुहोस्

कालेबुङकी श्रेयशी तामाङले प्रि-प्याराग्लाइडिङ एक्युरेसी विश्वकपमा जितिन् रजत पदक

कालेबुङ, ४ सेप्टेम्बर: कालेबुङी १५ वर्षीय श्रेयशी तामाङले २४ देखि २८ अगस्ट लेह लद्दाखमा भएको एफएआई २ प्रि-प्याराग्लाइडिङ एक्युरेसी विश्व कपमा महिला विधामा रजत पदक जितेकी थिइन्। १०९ प्रतियोगीहरूमध्ये उनी सबैभन्दा कम उमेरकी सहभागी थिइन्। उनले आफ्नो उत्कृष्ट उपलब्धिका लागि पुरस्कार राशि ५०० डलर प्राप्त गरेकी छन्। प्रतियोगितामा उनी १४,४०० फिटको उचाइमा उडेकी थिइन्। १३…

पूरा पढ्नुहोस्