पूर्व मन्त्री तथा एसडीएफ-का नेता एसबी सुवेदीको निधन
गान्तोक, ९ फरवरी: पूर्वमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का नेता शेरबहादुर सुवेदीको आज बिहान निधन भएको छ। ५ मार्च, सन् १९५८-मा गेजिङ पश्चिम सिक्किमको क्योङसामा जन्मेका सुवेदीले राजनीतिमा आउन अघि एसएनटी विभागअन्तर्गत वरिष्ठ प्राविधिक सहायक (एसटीए)-को रूपमा सेवा गरेका थिए। सरकारी सेवाबाट राजनीतिमा लागेपछि सुवेदीले जित र पराजय दुवैको सामना गर्नुपरेको थियो। सन् १९९४-को चुनावमा,…