सरकारी कर्मचारीहरूले वेतन नपाएको भन्दै एसपीवाईएफले उठायो सरकारमाथि प्रश्न
गान्तोक, ८ अक्टोबर: सिक्किम प्रोग्रेसिभ युथ फोरम (एसपीवाईएफ)-ले सरकारी कर्मचारीहरूले दसैँ सुरु हुनै लाग्दा पनि वेतन नपाएको भन्दै सिक्किम सरकारमाथि प्रश्न उठाएको छ। प्रत्येक सरकारी कर्मचारीको वेतन नियमित समयमा प्रदान गरिनुपर्छ भन्दै एकजना कर्मचारीले महिनाभरी श्रम गरेपछि महिनाको अन्त्यमा वेतन पाउनु उसको अधिकार रहेको फोरमले उल्लेख गरेको छ। मुख्यमन्त्रीले दसैँअघि कर्मचारीहरूले वेतन पाउने भने तापनि…