पूर्वमन्त्री छिरिङ वाङ्दी लेप्चाले दिए एसडीएफबाट राजीनामा
गान्तोक, ९ सेप्टेम्बर: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का वरिष्ठ नेता तथा पूर्वमन्त्री छिरिङ वाङ्दी लेप्चाले सोमवार एसडीएफ पार्टीबाट राजीनामा दिएका छन्। उनी चाँडै सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चामा सामेल हुने बताइएको छ। उनले पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङलाई सम्बोधन गरेको आफ्नो राजीनामा-पत्रमा भनेका छन्, ”म सन् १९९३-देखि एसडीएफ पार्टीको सक्रिय सदस्य थिएँ र सिक्किमको राजनीतिमा…