Jiwan Rai

जीवन राई सिक्किमका एकजना स्थापित लेखक र स्तम्भकार हुन्। उनका धेरैवटा पुस्तक प्रकाशित छन्। उनी नियमित रूपमा विभिन्न समसामयिक विषयहरूमा स्तम्भ लेख्छन्। उनको लेखनको विषय मूलतः सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रसँग सम्बन्धित हुन्छन्। उनी मूलतः अङ्ग्रेजी भाषामा कलम चलाउँछन्।

कर: सरकारको भर, जनता मर

सिक्किममा पैसाको कुरा नहुनु त कुरै छैन। अहिलेघडी करिब २२ हजार नयाँ सरकारी कर्मचारीहरूले छ महिनादेखि पैसा (तलब) नपाएको कुरा निक्कै ‘ठूलो कुरा’ भएको छ – मिडियामा होइन, खुल्ला बातचितमा होइन, चिनाजानाहरूको कानेखुसीमा, अफिसतिर होइन, घर-घरमा – चार भित्ताभित्र बन्द ढोकापछाडि। पैसाको टुमटुमले फिटिफिटी परिरहेको बेला फेरि अर्को पैसाको कुरो निस्केर लुते-लाङ्ग्राहरूलाई तिरिखिरी पारिरा’छ- हालैमा…

पूरा पढ्नुहोस्

नेता राजमा नेतै राजा

गजक्कै परेका नवनिर्वाचित विधायकहरूले मायालाग्दो सोझा मानिसहरू (जनता)-लाई “भोट नदिनेहरू किन मेरोमा अनुहार देखाउनु आइरा’को” भन्ने खाल्के गाली गरेर रातोपिरो, निलो-पहेँलो, काल्लै बनाएर घर फर्काएका भिडियोहरू आँखाभरि झल्झली छन्। ती मार्मिक र वेदनादायक दृश्यहरूले दु:खेको मनको निको हुनु नपाई अब अर्का किसिमका भिडियोहरू भटाभट निस्कन थाले – पराजित विपक्षी नेताहरू मुख्यमन्त्री र उनकी पत्नीसित मुसुक्क…

पूरा पढ्नुहोस्

सिक्किमको क्षेत्रफलझैँ सानो सोच नै अभिशाप “झोले राजनीति”

सिक्किमको राजनीतिले पेवा पालेको र मज्जाले हुर्काएको “झोले” शब्दको अर्थ खोज्दै थिएँ। चोक्टा नेताले खाइहाल्छ, उब्रेको झोल थुरुप-थुरुप पार्नेलाई झोले भनेको होला भन्ने थ्योरी बनाउँदै थिएँ। म गलत ठहरिएँ। बबुरो थ्योरी कोक्रोमै निसासिएर मर्ने भो। भर्खरै सिक्किमका राजनीति गर्ने दुईजना व्यक्तिहरू – डीबी ठटाल र मदन सेन्चुरीले आफ्ना विपक्षी व्यक्तिहरूको खिल्ली गर्दै “एक जमानामा मेरो…

पूरा पढ्नुहोस्