सांसद सुब्बाले गरे लओर रदुको सरकारी प्राथमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन
गेजिङ, २ सेप्टेम्बर: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले गेजिङ जिल्लाअन्तर्गत तल्लो रदुस्थित सरकारी प्राथमिक विद्यालयमा नवनिर्मित चार कोठाको विद्यालय भवनको आज उद्घाटन गरेका छन्। भवन २०२३-२४-को एमपील्याड्स (MPLADS) कोष अन्तर्गत निर्माण गरिएको हो। यस अवसरमा उपस्थित भेलालाई सम्बोधन गर्दै सांसद सुब्बाले राज्यका सबै ठाउँहरूमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र पूर्वाधार उपलब्ध गराउने विषयमा जोड दिए। उनले विद्यालयको…