कालेबुङमा नाबालिगहरूको आवाज: “छोरीचेलीप्रति दृष्टिकोण परिवर्तन हुनुपर्छ”

कालेबुङ, ३१ अगस्ट: कालेबुङमा लगातार रूपमा नाबालिगमाथि यौन दुर्व्यवहारका घटनाहरू अघि आएपछि जिल्लाको माहौल तनावग्रस्त बनेको छ। नागरिक समाजले छोरीचेलीको सुरक्षाका लागि सडकमा आवाज उठाउँदै गर्दा, नाबालिगहरूको एक समूहले समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता रहेको बताएको छ। पत्रकारद्वारा सोधिएको प्रश्नमा ती नाबालिगहरूले भने, “छोटो लुगा लगायो भन्दैमा मानिसहरूले गलत विचारले हेर्नु गलत हो। यो…

पूरा पढ्नुहोस्

दार्जिलिङ चिडियाखानामा जन्मिए रेड पान्डा, हिमचितुवा, घोरललगायत अन्य जनावरहरूका धेरै बच्चा

दार्जिलिङ, ३१ अगस्ट: दार्जिलिङ चिडियाखाना नामले परिचित पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कमा धेरै नवजात जनावरहरूको जन्म भएको बताइएको छ। पछिल्ला दुई महिनामा, चिडियाखानाको संरक्षण प्रजनन केन्द्रमा धेरै जनावरहरूले बच्चा जन्माएको थाहा लागेको छ। निक्की र प्रसन्ना नाम दिइएको दुईवटा रेडपान्डाले चारवटा बच्चा जन्माइसकेका छन् भने हिमचितुवा राहलाले पनि दुईवटा बच्चा जन्माएको बताइएको छ। यी बाहेक…

पूरा पढ्नुहोस्

कालेबुङमा बलात्कार विरोधी सचेतना जुलुस सम्पन्न

कालेबुङ, ३० अगस्ट: कालेबुङमा बलात्कारका घटनाहरूको विरोधमा जनकल्याण समितिको पहलमा सचेतना जुलुसको आयोजना भएको छ। यस जुलुसमा शिक्षक, विद्यार्थी, युवा जमात तथा विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूको व्यापक सहभागिता देखिएको थियो। जुलुस डम्बर चोकबाट सुरु भएर १० माइल फाटक हुँदै कालेबुङ सहर परिक्रमा गरी कालेबुङ थानामा पुगेर समापन भयो। समापनको क्रममा थानामा नागरिक सुरक्षाका लागि विभिन्न मागहरूसहित…

पूरा पढ्नुहोस्

कवि राजा पुनियानी दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कारले पुरस्कृत

दार्जिलिङ, ३१ अगस्ट: कवि राजा पुनियानी दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कारले पुरस्कृत भएका छन्। उनी सुकुना निवासी हुन्। यो पुरस्कार साहित्यकार तथा राजनीतिज्ञ दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित पुरस्कार हो।  ३० अगस्ट २०२४  बिर्तामोड, नेपालमा आयोजित पुरस्कार अलङ्करण समारोहमा नेपाल र  भारतका कवि साहित्यकारहरूको बृहत् उपस्थिति थियो। नेम्बाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङको अध्यक्षता एवंम् प्रसिद्ध…

पूरा पढ्नुहोस्

नेपाली चलचित्र ‘बम बहादुर’मा पुनः पर्दामा आउँदै मिरिककी कलाकार शान्तिला तामाङ

मिरिक, २७ अगस्ट: मिरिककी कलाकार शान्तिला तामाङले नेपाली कथानक चलचित्र ‘बम बहादुर’मा अभिनय गर्ने मौका पाएकी छन्। नेपालका ल‍ोकप्रिय अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आगामी १५ नोभेम्बर (कार्तिक ३० गते)-बाट प्रदर्शनमा आउने बताइएको छ। निर्माण टोलीले आइतबार रिलिज मितिसहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको…

पूरा पढ्नुहोस्

सिक्किममा भूकम्प, दार्जिलिङलगायत पूर्वी नेपालसम्म धक्का

सोरेङ, ९ अगस्ट: शुक्रबार बिहान सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। पश्चिम सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। बिहान ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बङ्गालका केही जिल्ला र नेपालको पूर्वी भेगमा…

पूरा पढ्नुहोस्

अजय एड्वार्डसले भने भाजपाको सङ्ल्पलाई ‘हावा मिठाई’

दार्जिलिङ, ६ फरवरी: चलिरहेको अन्तरिम बजेट सत्रमा पनि गोर्खाहरूले न्याय नपाउने स्पष्ट रहेको बताउँदै हाम्रो पार्टीका अध्यक्ष अजय एड्वार्डसले भाजपाले गोर्खाहरूलाई लिएर गरेका सङ्कल्पहरू हावा मिठाई भएको उल्लेख गरे। “केन्द्रमा भाजपा गठबन्धनसरकारको पाँच वर्षको कार्यकाल पूरा हुन केही दिन मात्र बाँकी छ। हालै केन्द्र सरकारले अन्तरिम बजेट संसदमा पेश गर्‍यो, यो सत्र समाप्त हुन अब केवल…

पूरा पढ्नुहोस्