सदनमा दुईवटा संशोधित र तीनवटा विधेयक बिनाबहस पारित: बजेटमाथिको चर्चामा कसैले लिएनन् भाग
गान्तोक, ६ अगस्ट: आज विधानसभाको बजेट अधिवेशनको दोस्रो दिन हिजो मुख्यमन्त्री एवम् वित्त प्रभारी मन्त्री प्रेमसिंह तामाङद्वारा सदनमा प्रस्तुत गरिएको वर्ष २०२४-२५- को साधरण बजेटमाथि चर्चा हुनपर्ने थियो तर बजेटमाथिको चर्चामा सदनका एकैजना सदस्यले पनि भाग लिएनन्। यसरी यस वर्षको बजेटमाथिको चर्चा बिनाचर्चा नै समाप्त भयो। हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले वर्ष २०२४-२५-का लागि राज्यका…