कर: सरकारको भर, जनता मर

सिक्किममा पैसाको कुरा नहुनु त कुरै छैन। अहिलेघडी करिब २२ हजार नयाँ सरकारी कर्मचारीहरूले छ महिनादेखि पैसा (तलब) नपाएको कुरा निक्कै ‘ठूलो कुरा’ भएको छ – मिडियामा होइन, खुल्ला बातचितमा होइन, चिनाजानाहरूको कानेखुसीमा, अफिसतिर होइन, घर-घरमा – चार भित्ताभित्र बन्द ढोकापछाडि। पैसाको टुमटुमले फिटिफिटी परिरहेको बेला फेरि अर्को पैसाको कुरो निस्केर लुते-लाङ्ग्राहरूलाई तिरिखिरी पारिरा’छ- हालैमा…

पूरा पढ्नुहोस्

यसपालिको बजेट निराशाजनक छ, सरकारले राज्यलाई ऋणमा डुबाउने काम गरेको छ: गणेश राई

गान्तोक, ९ अगस्ट: सिक्किम क्रान्तिकारी मोर्चाको सरकारले पारित गरेको वर्ष २०२४-२५-को बजेट निराशाजनक रहेको सिटिजन एक्सन पार्टी-सिक्किमका प्रमुख समन्वयक गणेश राईले बताएका छन्। वर्तमान सरकारले राज्यलाई ऋणमा डुबाएको यस बजेटले स्पष्ट भएको राईले आरोप लगाएका छन्। यसपटक सरकारले १४,४९०.६७ करोड रुपियाँको आम बजेट पारित गरेको छ। २०१८-१९-मा सिक्किमको बजेट ६९४० करोड मात्रै थियो भन्दै पाँच वर्षमा…

पूरा पढ्नुहोस्

सदनमा दुईवटा संशोधित र तीनवटा विधेयक बिनाबहस पारित: बजेटमाथिको चर्चामा कसैले लिएनन् भाग

गान्तोक, ६ अगस्ट: आज विधानसभाको बजेट अधिवेशनको दोस्रो दिन हिजो मुख्यमन्त्री एवम् वित्त प्रभारी मन्त्री प्रेमसिंह तामाङद्वारा सदनमा प्रस्तुत गरिएको वर्ष २०२४-२५- को साधरण बजेटमाथि चर्चा हुनपर्ने थियो तर बजेटमाथिको चर्चामा सदनका एकैजना सदस्यले पनि भाग लिएनन्। यसरी यस वर्षको बजेटमाथिको चर्चा बिनाचर्चा नै समाप्त भयो।   हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले वर्ष २०२४-२५-का लागि राज्यका…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री तामाङले गरे विधानसभामा वर्ष २०२४-२५-का लागि १४,४९०.६७ करोड रुपियाँको साधरण बजेट पेश

गान्तोक, ५ अगस्ट: राज्यका मुख्यमन्त्री तथा प्रभारी वित्त मन्त्री प्रेमसिंह तामाङले सोमबार विधानसभामा वर्ष २०२४-२५-का लागि १४,४९०.६७ करोड रुपियाँको साधरण बजेट प्रस्तुत गरे। चार दिने बजेट सत्रको पहिलो दिन मुख्यमन्त्रीले राज्यको बजेट प्रस्तुत गर्दै यो बजेट वर्ष २०१८-१९- को तुलनामा १०९ प्रतिशत अधिक रहेको बताए।   मुख्यमन्त्री तामाङले सदनमा बजेट सम्बोधन राख्दै सिक्किमले प्रजातन्त्र पाएको…

पूरा पढ्नुहोस्