सिक्किममा भूकम्प, दार्जिलिङलगायत पूर्वी नेपालसम्म धक्का

सोरेङ, ९ अगस्ट: शुक्रबार बिहान सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ। पश्चिम सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। बिहान ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बङ्गालका केही जिल्ला र नेपालको पूर्वी भेगमा…

पूरा पढ्नुहोस्

पूर्व मन्त्री तथा एसडीएफ-का नेता एसबी सुवेदीको निधन

गान्तोक, ९ फरवरी: पूर्वमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-का नेता शेरबहादुर सुवेदीको आज बिहान निधन भएको छ। ५ मार्च, सन् १९५८-मा गेजिङ पश्चिम सिक्किमको क्योङसामा जन्मेका सुवेदीले राजनीतिमा आउन अघि एसएनटी विभागअन्तर्गत वरिष्ठ प्राविधिक सहायक (एसटीए)-को रूपमा सेवा गरेका थिए। सरकारी सेवाबाट राजनीतिमा लागेपछि सुवेदीले जित र पराजय दुवैको सामना गर्नुपरेको थियो। सन् १९९४-को चुनावमा,…

पूरा पढ्नुहोस्

एसकेएम सरकारले व्यवस्थित भ्रष्टाचार गरिरहेको एसडीएफ-को आरोप

गान्तोक, ८ फरवरी: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले व्यवस्थित ढङ्गमा भ्रष्टाचार गरिरहेको विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)-ले आरोप लागएको छ। एसडीएफ सरकारले आरम्भ गरिसकेको पूर्वाधार निर्माण कार्यहरूमा पैसा बढाएर एसकेएम सरकारले ठेक्काको काम राज्य बाहिराका ठूल्ठूला व्यापारीहरूलाई दिने गरेको आरोप लगाउँदै एसडीएफले यसलाई कमिशन माफिया ठहर गरेको छ। बिहीबार एसडीएफ प्रवक्ता अरुण लिम्बूले एउटा प्रेस…

पूरा पढ्नुहोस्

दिल्लीमा सिक्किमकी युवतीमाथि रडले प्रहार; आरोपी पक्राउ

दिल्ली, ६ फरवरी सिक्किमकी एक युवतीलाई दिल्लीमा एक व्यक्तिले रडले हिर्काएर शरीरमा तातो दाल खन्याइदिएको जानकारी प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार अभियुक्त र पीडित दुवै सँगै बस्ने गरेका थिए। हाल प्रहरीले अभियुक्तलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ। राष्ट्रिय सञ्चारमाध्यमहरूबाट थाहा लागेअनुसार आरोपीको नाम पारस हो। आरोपी पारसले पीडित युवतीलाई फेसबुकमा साथी बनाएर जागिरको बहानामा…

पूरा पढ्नुहोस्