पारखा गाउँमा व्यापक चिया खेती सुरु; उत्पादकले पाइरहेका छन् सरकार र राज्यसभा सांसदको सहयोग
पाकिम, २५ अगस्ट: भारत–चीन सीमामा पर्ने नाथाङ माचोङ निर्वाचन क्षेत्रअन्तर्गत पारखा गाउँमा व्यापक रूपमा चिया खेती सुरु भएको छ। एक महिनाअघि क्षेत्र विधायक पामिन लेप्चाले यसको आरम्भ गरेकी थिइन्। त्यसैगरी आइतबार पूर्व विधायक तथा वर्तमान राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले उक्त क्षेत्रको भ्रमण गरी स्थानीयहरूलाई चिया खेतीमा सहभागी हुन प्रोत्साहित गरेका छन्। अहिलेसम्म ४० परिवारले…