SJ Desk

सिक्किम जनखबर, गान्तोक सिक्किममा आधारित एउटा डिजिटल मिडिया प्लेटफर्म हो।

हिमतालबाट हुने बाढीको जोखिम अध्ययन गर्न सरकारको अन्तर-विभागीय टोली उत्तर सिक्किम प्रस्थान

गान्तोक, ३१ अगस्ट: हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सिक्किम सरकारको अन्तर-विभागीय टोली शनिबार उत्तर सिक्किम प्रस्थान गरेको छ। आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिमका छःवटा हिमतालको अध्ययनका लागि तयार पारिएको अन्तर-विभागीय ३५ सदस्यीय टोलीलाई शनिबार बिहान लाचेन मगन निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारको समाज कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले फ्ल्याग…

पूरा पढ्नुहोस्

कवि राजा पुनियानी दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कारले पुरस्कृत

दार्जिलिङ, ३१ अगस्ट: कवि राजा पुनियानी दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कारले पुरस्कृत भएका छन्। उनी सुकुना निवासी हुन्। यो पुरस्कार साहित्यकार तथा राजनीतिज्ञ दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित पुरस्कार हो।  ३० अगस्ट २०२४  बिर्तामोड, नेपालमा आयोजित पुरस्कार अलङ्करण समारोहमा नेपाल र  भारतका कवि साहित्यकारहरूको बृहत् उपस्थिति थियो। नेम्बाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङको अध्यक्षता एवंम् प्रसिद्ध…

पूरा पढ्नुहोस्

सिक्किममा फुटबल विवाद: मुख्यमन्त्रीले उठाए एसएफएमाथि प्रश्न

गान्तोक, ३० अगस्ट: सिक्किममा फुटबल खेल अहिले विवादको घेरामा परेको देखिएको छ। सिक्किम प्रिमियर लिगको आयोजनालाई लिएर दुईवटा समुह अघि आएपछि विवाद सुरु भएको हो। शनिबारदेखि सुरु हुने सिक्किम प्रिमियर लिग सिजन २०२४-२५ सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले आयोजना गर्ने भएपछि विवाद उत्पन्न भएको हो। फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडले सिक्किम प्रिमियर लिगको दुईवटा सिजन आयोजना गरिसकेको…

पूरा पढ्नुहोस्

जोरथाङमा ६१ वर्षीय दिव्याङ्ग महिलामाथि शारीरिक दुर्व्यवहार, आरोपी पक्राउ

जोरथाङ, २९ अगस्ट: दक्षिण सिक्किमको जोरथाङमा एकजना ६१ वर्षीय दिव्याङ्ग महिलालाई कथित रूपमा दुर्व्यवहार गरेको र भिडियो बनाएर सोसियल मिडियामा अपलोड गरेको घटना प्रकाशमा आएको छ। घटनको कथित आरोपी १९ वर्षीय युवालाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार घटना २६ अगस्टको दिन जोरथाङको एसएनटी कम्प्लेक्समा भएको थियो। पीडित महिलाकी आफन्तले पुलिसलाई दिएको रिपोर्टअनुसार आरोपीले ६१…

पूरा पढ्नुहोस्

बरदाङमा भेटियो बम, सेनाले गऱ्यो डिफ्युज

पाकिम, २९ अगस्ट: बिहीबार पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत पर्ने २० माइल नजिक लोआर बरदाङको टिस्टा नदी किनारमा बम फेला परेको छ। बम फेला परेको जानकारी पाएपछि भारतीय सेनाको बम डिफ्युज टोलीले त्यसलाई ठेगाना लगाएको छ। गत वर्षको ३ र ४ अक्टोबरमा उत्तर सिक्किमस्थित दक्षिणी ल्होनाक हिमताल फुटेपछि टिस्टा नदीमा गएको बाढीले विभिन्न स्थानबाट भारतीय सेनाको…

पूरा पढ्नुहोस्

पाकिमका जिल्लापालले गरे राजनैतिक दलहरूसँग बैठक

पाकिम, २९ अगस्ट: पाकिम जिल्लाका जिल्लापाल अगावाने रोहन रमेश र अतिरिक्त जिल्लािल साङ्गे ग्यात्सो भोटियाले आज जिल्ला प्रशासनिक केन्द्र पाकिमको सम्मेलन हलमा राजनीतिक दलहरूसँग बैठक गरेका छन्। बैठकमा इलेक्ट्रोनिक भोटिङ मेशिन (EVMs)-हरू र भोटर भेरिफाइबल पेपर अडिट ट्रेलहरू (VVPATs)-लाई जिल्ला प्रशासनिक केन्द्र, गान्तोकमा रहेको वेरहाउसमा स्थानान्तरण गर्नेलगायत विभिन्न विषयहरूलाई समेटिएको थियो। यसबाहेक, स्पेसल समरी रिभिजन…

पूरा पढ्नुहोस्

सुब्रतो कपमा भाग लिने सिक्किमे फुटबल टोलीलाई मुख्यमन्त्री तामाङले दिए शुभकमना

गान्तोक, २९ अगस्ट: सुब्रतो कप अन्डर १७ फुटबल प्रतियोगितामा यसपटक सिक्किमलाई सोमबारे सरकारी उच्चतर माध्यामिक विद्यालयले प्रतिनिधित्व गर्नेछ। सिक्किमका पूर्व फुटबल खेलाडी सञ्जु प्रधानको नेतृत्वमा अन्डर १७ टोलीले प्रतियोगितामा भाग लिने भएको छ। सुब्रतो कप २०२४-का लागि चयनित भएको सोमबारे विद्यालयको टोलीले बिहिवार मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। यस भेटको अवसरमा मुख्यमन्त्रीले प्रतियोगितामा भाग लिने…

पूरा पढ्नुहोस्

मुख्यमन्त्री पीएस तामाङले बताए मोदीको नेतृत्वलाई विश्वमै प्रभावशाली

गान्तोक, २८ अगस्ट: अमेरिका र चीनलाईपछि पार्दै भारत विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बन्नु प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली नेतृत्वको उदाहरण रहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन्। मुख्यमन्त्री तामाङले बुधबार आफ्नो आधिकारीक फेसबुक पोस्टमा लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली नेतृत्वका कारण भारत आज विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बनेको छ।”…

पूरा पढ्नुहोस्

प्रधानमन्त्री मोदीले गरे रुसी राष्ट्रपति पुटिनसँग फोन वार्ता

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन्। मोदीले फोनमा पुटिनसँग कुरा गरेका हुन्। दुवै नेताबिच रुस र युक्रेनबिच जारी युद्धबारे कुरा भएको बताइएको छ।  यसबारे मोदीले एक्समा पोस्ट गर्दै भनेका छन्,  ‘आज राष्ट्रपति पुटिनसँग कुराकानी भयो। हामीले रुससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई बलियो बनाउने उपायबारे चर्चा गर्‍यौ।’  यस क्रममा दुबैले…

पूरा पढ्नुहोस्

नेपाली चलचित्र ‘बम बहादुर’मा पुनः पर्दामा आउँदै मिरिककी कलाकार शान्तिला तामाङ

मिरिक, २७ अगस्ट: मिरिककी कलाकार शान्तिला तामाङले नेपाली कथानक चलचित्र ‘बम बहादुर’मा अभिनय गर्ने मौका पाएकी छन्। नेपालका ल‍ोकप्रिय अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’ आगामी १५ नोभेम्बर (कार्तिक ३० गते)-बाट प्रदर्शनमा आउने बताइएको छ। निर्माण टोलीले आइतबार रिलिज मितिसहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको…

पूरा पढ्नुहोस्