N.B. Ghimirey

एनबी घिमिरेको नामले परिचित नरबहादुर छेत्री सिक्किम जनखबरका संस्थापक सम्पादक हुन्। उनले २०२४-को जनवरीदेखि सिक्किममा आधारित यस डिजिटल मिडिया प्लेटफर्मलाई सञ्चालन गर्दै आइरहेका छन्। उनी अहिले यसका प्रधान सम्पादक हुन्। एनबी घिमिरेले यस अघि पनि विभिन्न मिडिया हाउससँग सम्बन्धित रहेर काम गरिसकेका छन्।

सिङसोर पुललाई ग्लास स्काइवाकमा रूपान्तरण गर्न स्वीकृति; सवारी आवागमन अस्थायी रूपमा बन्द

गेजिङ, २३ सेप्टेम्बर: भारत सरकारको उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालय (डोनर)-ले देन्तामस्थित प्रसिद्ध सिङसोर झोलुङ्गे पुललाई ग्लास-डेक स्काइवाकमा रूपान्तरण गर्न स्वीकृति दिएको छ। यो परियोजना सिक्किम सरकारको पर्यटन एवम् नागरिक उड्डयन विभागले निरीक्षण गरिरहेको छ। यसको उद्देश्य पुललाई प्रमुख पर्यटकीय आकर्षणको रूपमा विकास गर्नु रहेको बताइएको छ। सिक्किम सरकारको पर्यटन एवम् नागरिक उड्डयन विभागका प्रमुख…

पूरा पढ्नुहोस्

जेमा नदीमा बनियो पुल: लाचेनदेखि चीन सिमानासँग महत्त्वपूर्ण रणनीतिक सडक सम्पर्क बहाल गर्न सीमा सडक सङ्गठन सफल

मंगन, १८ सेप्टेम्बर: गत वर्षको ३ र ४ अक्टोबरमा गएको टिस्टा बाढीका कारण उत्तर सिक्किममा स्थित अन्तर्राष्ट्रिय सीमासम्म पुग्ने सडक सम्पर्कमा धेरै समस्या भइरहेको थियो भने अहिले सीमा सडक सङ्गठन (बीआरओ) यो सम्पर्क पुनस्थापित गर्नमा सफल भएको छ। परिस्थितिको गम्भीरतालाई महसुस गर्दै स्वस्तिक परियोजनाअन्तर्गत बीआरओका कार्यकर्ताहरू जेमा नदीमा नयाँ बेली ब्रिज निर्माण गर्न लागिपरेका थिए…

पूरा पढ्नुहोस्

गणेशकुमार राई बने सिटिजन एक्सन पार्टी-सिक्किमको नयाँ अध्यक्ष

गान्तोक, १४ सेप्टेम्बर: गणेशकुमार राई सिटिजन एक्सन पार्टी-सिक्किमको नयाँ अध्यक्ष बनेका छन्। आज पार्टी मुख्यालय अदमपुलमा पार्टीका निवर्तमान अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा उच्चस्तरीय सभा सम्पन्न भएको थियो भने गत ७ सेप्टेम्बर २०२४-को दिन पार्टीको केन्द्रीय कार्यकारिणी परिषदले लिएको निर्णयअनुसार पार्टी अध्यक्षले आज पार्टीका सम्पूर्ण कार्यकारिणी समिति, सिइसीको अनुमतिमा विघटन गरेका थिए। पार्टी अध्यक्षले नयाँ अध्यक्षका…

पूरा पढ्नुहोस्

कहाँ पुग्यो जनजाति मान्यताको माग? मानेको छैन आरजीआई, दिएको छैन राज्य सरकारले माझी समुदायको प्रस्ताव, जनजाति मन्त्रालयले दियो जवाफ

गान्तोक, १२ सेप्टेम्बर: रेजिस्ट्रार जनरल अफ इन्डिया (आरजीआई)-ले सिक्किमका ११ समुदायलाई अनुसूचित जनजातिको मान्यता प्रदान गर्ने सम्बन्धमा पहिला नै जाँच गरिसकेको तर ‘सिफारिसका लागि कन्सिडर’ नै नगरेको बताइएको छ। सिक्किमका राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले सिक्किमका ११+१ समुदायलाई अनुसूचित जनजातिको मान्यता दिनुपर्ने सम्बन्धमा २९ जुलाई २०२४-को दिन राज्यसभामा उठाएको विषयमा १० सेप्टेम्बरको दिन केन्द्रीय जनजाति…

पूरा पढ्नुहोस्

हिमतालहरूको खतरा अध्ययन गर्न उत्तर सिक्किम गएको टोलीले गर्‍यो चारवटा तालको भ्रमण

मंगन, ९ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोलीका तीन समुहले आज खाङ्चुङ छो, लाचुङ खाङ्सा, ला छो र साको छो तालको भ्रमण गरेका छन्।

पूरा पढ्नुहोस्

गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ आईटीबीपी जवान मृत अवस्थामा फेला

गान्तोक, ७ सेप्टेम्बर: गान्तोकस्थित राजभवनको भीआईपी गेटमा तैनाथ भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी)-का एकजना जवानको गोली लागेको शव फेला परेको छ। सुत्रबाट प्राप्त जानकारीअनुसार उनले गोली हानेर आत्महत्या गरेको बतााइएको छ। मृतकलाई राजा रामको रूपमा पहिचान गरिएको जो आईटीबीपीको १३ औँ बटालियनका सदस्य थिए। उनी सुरक्षा ड्युटीमा राजभवनमा तैनाथ थिए। पुलिसकाअनुसार, राजा राम ५ सेप्टेम्बरको राती…

पूरा पढ्नुहोस्

उत्तर सिक्किमको साक्को छो ताल थाङ्गु गाउँका लागि खतरा; तालको छैन कुनै प्राकृतिक निकास

मंगन, ७ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत १८,००० फिटमा अवस्थित खाङ्चुङ छो ताल पुगेको थियो तर तालको सर्भे गरेपछि हावाहुरी र हिमनदी फुटेका कारण टोलीले सर्वेक्षण पूरा गर्न नसकेको बताइएको छ। अध्ययन टोलीको अर्को उपसमूहले साक्को छो तालको प्रारम्भिक…

पूरा पढ्नुहोस्

उत्तर सिक्किममा रहेका हिमतालहरूको खतरा अध्ययन गर्न गएको टोली पुग्यो गुरुदोङमार

मंगन, ६ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज मंगन जिल्लाअन्तर्गत गुरुदोङमार ताल पुगेको छ। हिमताल प्रकोपबाट हुने बाढीको जोखिममाथि अध्ययन गर्न सरकारको अन्तर-विभागीय अध्ययन टोली गान्तोकबाट १ सेप्टेम्बरको दिन उत्तर सिक्किम प्रस्थान गरेको थियो। यो टोलीले आगामी १४ सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर…

पूरा पढ्नुहोस्

सिक्किम राज्य सहकारी सङ्घका नवनिर्वाचित अध्यक्ष डा मङ्गलजित राईसहित अन्य पदाधिकारीहरूले लिए सपथ

पाकिम, ४ सेप्टेम्बर: सिक्किम राज्य सहकारी सङ्घका नवनिर्वाचित अध्यक्ष डा मङ्गलजित राई, उपाध्यक्ष पूर्णप्रसाद शर्मालगायत सङ्घको निर्देशक मण्डलीका सदस्यहरूले आफ्नो पदको शपथ लिएका छन्। बुधबार पाकिम जिल्लाअन्तर्गत सिक्किम राज्य सहकारी सङ्घको कार्यलय परिसरमा स्थित प्रेक्षागृहमा आयोजित शपथ ग्रहण समारोहमा सिक्किम सरकारको सहकारिता विभागकी सचिव ग्लोरिया नाम्छुले नवनिर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराएकी थिइन्। कार्यक्रममा सङ्घका नवनिर्वाचित…

पूरा पढ्नुहोस्

सीएपीले माग्यो कर्मचारीहरूको स्थायीकरण प्रक्रियामा विधायकको सिफारिस अनिवार्य नरहने विषयमा स्पष्टीकरण

गान्तोक, ४ सेप्टेम्बर: सिटिजन एक्सन पार्टी-सिक्किमका प्रमुख समन्वयक गणेश राईको नेतृत्वमा पार्टीको प्रतिनिधि टोलीले बुधबार मुख्यसचिवसँग भेट गरेर कर्मचारीहरूको स्थायीकरण प्रक्रियामा विधायकको सिफारिस अनिवार्य छैन भनेर स्पष्टीकरण दिँदै सरकारले ७२ घण्टाभित्रमा सर्कुलर जारी गर्नुपर्ने माग गरेको छ। विधायकको सिफारिस माग्नु नागरिकहरूको मौलिक अधिकारको उल्लङ्घन हो भन्दै पार्टीले त्यस्तो प्रक्रियालाई असंवैधानिक बताएको छ। सिक्किम सरकारले २०२४-को…

पूरा पढ्नुहोस्