N.B. Ghimirey

एनबी घिमिरेको नामले परिचित नरबहादुर छेत्री सिक्किम जनखबरका संस्थापक सम्पादक हुन्। उनले २०२४-को जनवरीदेखि सिक्किममा आधारित यस डिजिटल मिडिया प्लेटफर्मलाई सञ्चालन गर्दै आइरहेका छन्। उनी अहिले यसका प्रधान सम्पादक हुन्। एनबी घिमिरेले यस अघि पनि विभिन्न मिडिया हाउससँग सम्बन्धित रहेर काम गरिसकेका छन्।

खेतीयोग्य बाँझो जमिनलाई उत्पादनशील बनाउने अभियानमा पाकिम जिल्ला; बाँझो जमिन खन्दै सरकारी कर्मचारी

पाकिम, ३ सेप्टेम्बर: “जमिनदारहरूसँग हामी खुसी छैनौँ। हामीले कोसिस गर्‍यौँ। तर मेरो जमिन बाँझो छ त, सरकार र विभागलाई के खाँचो पर्‍यो भन्नुभयो। समय आउँछ, सिक्किममा जमिनका लागि कानुन बन्नुपर्छ। जसले पाखुरा चलाउँछ, उसले त्यो बाँझो जमिनबाट राष्ट्रका लागि अन्न उत्पादन गर्न पाउनुपर्छ। अन्न उत्पादन गर्नु भनेको आफ्नो भुँडी मात्रै भर्नु होइन। जमिन धेरै हुनेहरूले…

पूरा पढ्नुहोस्

हिमतालको खतरा अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली पुग्यो तेनचुङ्खा ताल

मंगन, १ सेप्टेम्बर: उत्तर सिक्किममा रहेका हिमतालहरूको संवेदनशीलता र त्यसको प्रकोपबाट हुने बाढीको खतरालाई अध्ययन गर्न गएको सरकारको अन्तर-विभागीय टोली आज लाचुङको १५,७०० फिट उचाइमा रहेको तेनचुङ्खा हिमतालमा पुगेको छ। टोली लाचुङ जुम्साको साथमा गएको थियो। भ्रमण अघि स्थानीय लाचेनका भिक्षुहरूले कम्तिमा चारवटा स्थानमा आध्यात्मिक र परम्परागत प्रार्थना गरेको बताइएको छ। भ्रमणअघि आयोजित पूर्व प्रस्थान…

पूरा पढ्नुहोस्

अक्टोबरदेखि सुरु हुने पाकिम विमानस्थलबाट कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा

पाकिम, १ सेप्टेम्बर: सिक्किमको नागरिक उड्डयन क्षेत्रका लागि खुसीको खबर आएको छ। पाकिम विमानस्थलले अब कोलकाता, दिल्ली, हैदरावाद र बैंगलोरका लागि हवाई सेवा सञ्चालन गर्ने भएको छ। यो जानकारी पाकिम विमानस्थलका निर्देशक सञ्जीव कुमार सिंहले मिडियालाई दिएका छन्। इन्डिगो कम्पनीले आगामी अक्टोबरदेखि यो सेवा सञ्चालन गर्नेछ। यस सेवाका लागि इन्डिगो कम्पनीको उच्चस्तरीय टोलीले सेप्टेम्बरको पहिलो…

पूरा पढ्नुहोस्

दार्जिलिङ चिडियाखानामा जन्मिए रेड पान्डा, हिमचितुवा, घोरललगायत अन्य जनावरहरूका धेरै बच्चा

दार्जिलिङ, ३१ अगस्ट: दार्जिलिङ चिडियाखाना नामले परिचित पद्मजा नायडू हिमालयन जूलोजिकल पार्कमा धेरै नवजात जनावरहरूको जन्म भएको बताइएको छ। पछिल्ला दुई महिनामा, चिडियाखानाको संरक्षण प्रजनन केन्द्रमा धेरै जनावरहरूले बच्चा जन्माएको थाहा लागेको छ। निक्की र प्रसन्ना नाम दिइएको दुईवटा रेडपान्डाले चारवटा बच्चा जन्माइसकेका छन् भने हिमचितुवा राहलाले पनि दुईवटा बच्चा जन्माएको बताइएको छ। यी बाहेक…

पूरा पढ्नुहोस्

एसएफएले गर्ने भयो भोलिदेखि हुने फुटबल च्याम्पियनसिपको नाम परिवर्तन

गान्तोक, ३० अगस्ट: सिक्किम फुटबल एसोसिएसन (एसएफए)-ले शनिबारदेखि सुरु हुने फुटबल च्याम्पियनसिपको नाम सिक्किम प्रिमियर लिग राख्ने निर्णय लिएपछि विवाद सुरु भएको थियो भने आज एसोसिएसनले च्याम्पियनसिपको नाम परिवर्तन गर्ने निर्णय लिएको छ। आज फुटबल हाउस, गान्तोकमा सम्पन्न एसोसिएसनको कार्यकारी समितिको बैठकमा सर्वसम्मतिले च्याम्पियनशिपको नाम परिवर्तन गरेर एसएफए ‘ए’ डिभिजन राख्ने निर्णय लिएको एउटा प्रेस…

पूरा पढ्नुहोस्

सिक्किमकी शिक्षक याङ्किला लामालाई राष्ट्रिय शिक्षक पुरस्कार

गान्तोक, २८ अगस्ट: गान्तोकको मोर्डन उच्चतर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक याङ्किला लामा राष्ट्रिय शिक्षक पुरस्कारका लागि चयनित भएकी छन्। आगामी पाँच सेप्टेम्बरमा राष्ट्रिय शिक्षक दिवसको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिने छ। याङ्किला लामा सन् २०१२-देखि शिक्षण पेशामा आवद्ध छन्। उनले नाम्ची नजिक मनिराम माध्यमिक विद्यालयबाट शिक्षण सुरु गरेकी थिइन्। त्यसपछि पाङथाङ निम्न माध्यमिक विद्यालयमा…

पूरा पढ्नुहोस्

डा मङ्गलजित राई बने सिकोनका नयाँ अध्यक्ष

गान्तोक, २७ अगस्ट: डा मङ्गलजित राई सिक्किम राज्य सहकारी सङ्घ (सिकोन)-का नयाँ अध्यक्ष बनेका छन्। सङ्घको २७ अगस्तको दिन बसेको ५९औँ बोर्ड सभाले राईलाई अध्यक्ष चयन गरेको हो। सभा आसाम लिङ्जेस्थित कार्यालयमा आयोजन भएको थियोे। सभाले सिकोनको बोर्ड अध्यक्ष र उपाध्यक्ष चयन गर्नका साथै नवगठित बोर्ड सदस्यहरुलाई लिएर कार्यकारिणी समिति गठन गरेको छ। सभामा संस्थाका…

पूरा पढ्नुहोस्

नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले भेटे मुख्यमन्त्रीलाई

गान्तोक, २७ अगस्ट: नयाँ दिल्लीमा सेवारत सिक्किमका क्रिटिकल केयर नर्सहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरेका गरेका छन्। मंगलबार नयाँ दिल्लीस्थित सिक्किम हाउसमा नयाँ दिल्लीको बीएलके-म्याक्स (BLK-MAX) सुपर स्पेशालिटी अस्पतालमा सेवारत नर्सहरूले मुख्यमन्त्रीसँग भेट गरेका हुन्। मुख्यमन्त्री तामाङले स्वास्थ्य क्षेत्रमा सेवारत कर्मचारीहरूमाथि गर्व र प्रशंसा व्यक्त गरेका छन्। उनले भने, “हाम्रा स्वास्थ्य सेवा पेशेवरहरूले राजधानीमा अमूल्य…

पूरा पढ्नुहोस्

कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट भाजपाले गऱ्यो आफूलाई अलग

भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट पार्टीले आफूलाई अलग गरेको छ।  भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो अभिव्यक्ति नदिन पनि चेतावनी दिएको छ। ‘किसान आन्दोलनबारे भाजपा सांसद रनौतले दिएको बयान पार्टीको विचार होइन,’ भाजपाको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। ‘भाजपा रनौतको भनाइसँग असहमति…

पूरा पढ्नुहोस्

स्वर्ण जयन्ती राज्य दिवसमा प्रधानमन्त्री मोदी सिक्किम आउने निश्चित; मुख्यमन्त्री तामाङले भेटेर दिए औपचारिक निमन्त्रणा

गान्तोक, २६ अगस्ट: सिक्किम भारतको २२औँ राज्य बनेको ५० वर्ष पूरा भएको अवसरमा अर्को वर्ष राज्यले आयोजना गर्ने स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिका रूपमा सिक्किम आउने निश्चित भएको छ। राजधानी नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमबार प्रधानमन्त्री मोदीसँग भेट गरेर १६ मई २०२५-मा पालन गरिने स्वर्ण जयन्तीको समारोहमा मुख्य अतिथिको…

पूरा पढ्नुहोस्